काठमाडौं- गोंगबुको सिद्धेश्वर मन्दिर नजिकै रहेको पिस नेपाल सिसा कारखानमा ग्यास सिलिन्डर विस्फोट हुँदा नुवाकोट बेल्कोटका २८ वर्षीय काजी तामाङको मृत्यु भएको छ। घटनामा चारजना घाइते भएका छन्। उक्त कारखाना श्याम ढुङ्गानाको हो।
महानगरीय प्रहरी वृत्त महाराजगन्जका प्रमुख फणीन्द्र प्रसाईका अनुसार सिलिन्डरको बर्नरबाट ग्यास लिग हुँदा विस्फोट भएको हो। उक्त कारखानामा २५ जना भन्दा बढी कामदार रहे पनि २० जना माघी बिदामा बसेका कारण काममा रहेका एक जनाको मृत्यु र चार जना घाइते भएका हुन्। घाइते चारजनाको अवस्था गम्भीर रहेकाले ग्रान्डी अस्पतालमा उपचार हुन नसकेपछि कीर्तिपुर अस्पतालमा रिफर गरिएको छ। ग्यास विस्फोटबाट गम्भीर घाइते हुनेमा धादिङका कैलाश श्रेष्ठ, चितवनका अनिल पोखरेल, नुवाकोटका रेसम तामाङ र गोर्खाका राजकुमार बिसी छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४