बिहीबार, साउन १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • केसीको माग सम्बोधन नभए संसद र सडक तताउने कांग्रेसको चेतावनी 

केसीको माग सम्बोधन नभए संसद र सडक तताउने कांग्रेसको चेतावनी 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाली कांग्रेसले डा गोविन्द केसीसँग गरिएका सम्झौता तत्काल कार्यान्वयन नगरे चर्को दबाबको सामना गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएको छ। पार्टी कार्यालय सानेपामा बुधबार पत्रकार सम्मेलन गर्दै प्रवक्ता विश्‍वप्रकाश शर्माले केदारभक्त माथेमा तयार पारेको चिकित्सा शिक्षा अध्ययन प्रतिवेदन लागु नगरे कांग्रेसले त्यसको सशक्त प्रतिवाद गर्ने बताएका छन्। 

उनले भने, 'सहमतिमा फर्कने वा चौतर्फी दबाब पर्खने भन्दै सरकारकलाई आफ्नो हठ त्यागेर माथेमा प्रतिवेदन कार्यान्वयन गर्नुपर्छ।' प्रधानमन्त्री केपीशर्मा ओलीले आफ्नै अग्रसरतामा डा केसीका माग बमोजिम चिकित्सा शिक्षा विधेयक ल्याउने प्रतिबद्धता जनाए पनि संसद्को शिक्षा तथा स्वास्थ्य समितिले सहमति विपरित घुमाउरो पाराले माफिया पोस्ने विधेयक संसद्‍मा पेस गरेको भन्दै कांग्रेसले आपत्ति जनाएको हो।

डा केसीसँग यसघि दश वर्ष मेडिकल कलेज खोल्न नपाउने र एक विश्वविद्यालयले पाँच भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन नपाउने सहमति भएको थियो। तर, सरकारले यस विपरित संसद्मा विधेयकको मस्यौदा पेस गरेको भन्दै संसद र सडकबाट कांग्रेसले सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ। 

त्यसैगरी वाइड बडी प्रकरणमा सभापति शेरबहादुर देउवाको समाचारका विषयमा कांग्रेसको ध्यानाकर्षण भएको जनाएको छ। प्रवक्ता शर्माले भने, 'शेरबहादुर देउवा चौथोपटक प्रधानमन्त्री नियुक्त भएको बेला मन्त्रि परिषद्‍ विस्तार भइसकेको थिएन। मन्त्रिपरिषद् विस्तार नहुँदा स्वत: सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री हुने भएकोले सभापति देउवालाई जोड्‍नु गलत हो।' 

सार्वजनिक खरिद ऐन विपरित वाइड बडी ल्याइएको र यस्तो घोटालमा संलग्न कोही पनि बच्न नहुने भन्दै सत्यको जगमा तथ्यको खोजी गर्न कांग्रेसले माग गरेको छ। वाइड बडीमा आफू बच्न सभापति देउवालाई मुछ्‍ने घृणित कार्यको कांग्रेसले भर्त्सना गरेको छ। वाइड बडीको छानविनमा कांग्रेसले पूर्ण सहयोग गर्ने समेत जनाइएको छ। 

नेविसंघको विषयमा बोल्दै प्रवक्ता शर्माले आगामी माघ १० गते बस्ने केन्द्रीय कार्यसमिति बैठकले निर्णय गर्ने जनाएको छ। उनले भने, 'नैनसिंह महर नेतृत्वको कार्यसमिति पूर्ण रुपमा असफल भएको छ। यसले समयमा महाधिवेशन गर्न सकेको छैन। यस विषयमा पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा गम्भीर समिक्षा हुन्छ।'
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।