बिहीबार, साउन १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पत्रकारलाई सूचना दिनुको साटो प्रमुख सचिवको दुर्व्यवहार

पत्रकारलाई सूचना दिनुको साटो प्रमुख सचिवको दुर्व्यवहार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी- सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव नारायण प्रसाद विडारीले सूचना माग गरेको बिषयमा बुझ्न गएका पत्रकार माथि दुव्र्यवहार गरेका छन्। १७ दिन अघि सूचना माग गर्दै कार्यालयमा दिएको निवेदन माथि के कारवाही भयो भनेर बुझ्न गएका दुई जना पत्रकारमाथि विडारीले कार्यकक्षमै दुर्ववहार गरेका छन्।
 
अन्तरवार्ता लिँदै गर्दा दिनेश खवरकर्मी जनक विष्ट र माउन्टेन टेलीभिजनका कैलाली संवाददाता पदमराज भट्टमाथि हातपात र दुव्र्यवहार गरेका हुन्। दिनेश खवरले पौष १५ गते सुचनाको हक अन्तरगत मन्त्रिपरिषद्का बैठकका निर्णय, सवारी साधन खरिदमा भएको खर्च, तलव भक्ता वापतको खर्च, अनुमगन लगायतका शिर्षकमा भएको खर्च विवरण माग गरेको थियो। 

१५ गते नै उक्त निवेदन दर्ता भएको थियो। तर १५ दिन पुगिसक्दा समेत सुचना नपाएको भन्दै प्रमुख सचिव विडारीको प्रतिक्रिया लिने क्रममा विडारीले अन्तरवार्ता लिईरहेकै समयमा आफ्नो क्यामेरा खोसेको बिष्टले बताए। विडारीले विष्टसंगै रहेका अर्का पत्रकार भट्टलाई समेत अंगरक्षकलाई बोलाएर बल प्रयोग गर्दै कार्यकक्षबाट बाहिर पठाएका थिए। 

घट्नाको नेपाल पत्रकार महासंघ तथा नेपाल प्रेस युनियन  कैलाली शाखाले भत्र्सना गरेको छ। महासंघका सचिव मिन ठकुरी र प्रेस युनियनका अध्यक्ष श्रवण देउवाद्वारा जारी विज्ञप्तीमा उक्त घटना प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता हनन्को निरन्तरता भएको उल्लेख छ । विज्ञप्तिमा दुव्र्यवहारमा संग्लन विडारीलाई कारवाहीको माग समेत गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।