शुक्रबार, पुस ११, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • बालेनलाई सुनिताको कटाक्ष- सामाजिक सञ्चालमा स्टन्ट गर्दैमा देश बन्दैन

बालेनलाई सुनिताको कटाक्ष- सामाजिक सञ्चालमा स्टन्ट गर्दैमा देश बन्दैन

 |  बिहीबार, वैशाख ११, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ११, २०८२

काठमाडौं- काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सामाजिक सञ्जालमा स्टन्ट गरेर देश नबन्ने बताएकी छन्। डंगोलले काठमाडौं महानगरका प्रमुख बालेन शाहलाई लक्षित गर्दै यस्तो बोलेकी हुन्।

National life

लोकतन्त्र दिवसको अवसरमा बिहीबार भृकुटीमण्डपमा नेकपा एमालेले आयोजना गरेको युथ सेलिब्रेसन कार्यक्रममा डंगोलले एमालेका युवाहरू समस्याबाट भाग्ने युवा नभएको बताइन्। डंगोलले भनिन्, ‘स्टन्ट गरेर देश बन्दैन, अरूलाई गाली गरेर देश बन्दैन, देश बनाउने हो भने योजना अनुरूप काम गर्नुपर्छ, योजना बनाउनु पर्छ।’

नेपाली युवा सकारात्मक ऊर्जा र राष्ट्रिय भावनाले ओतप्रोत भएको उनले बताइन्।उनले भनिन्, ‘जब युवा एकजुट हुन्छन् तब असम्भव भनिएका कुरालाई सम्भव बनाउँछन्, सफलता उनीहरूले नै पाउँछन्, जसले कहिल्यै हार मान्दैन।’

उनले मेयर बालेनलाई लगित गर्दै सामाजिक सञ्जालमा भाँडभैलो मच्चाउन नसिकाउन आग्रह गरिन्। ‘एमालेले युवालाई दश नङ्ग्रा खियाउन सिकाउँछ, त्यस कारण म एमालेमा छु। स्टन्ट गरेर देश बन्दैन, अरूलाई गाली गरेर देश बन्दैन, देश बनाउने हो भने योजना अनुरूप काम गर्नुपर्छ, योजना बनाउनु पर्छ।’

डंगोलले आफूमाथि चौतर्फी आक्रमण भइरहेको पनि दाबी गरिन्। जतिसुकै आक्रमण भए पनि नथाक्ने उनले बताइन्। 'अहिलेको समयमा चौतर्फी आक्रमण भएको हामी सबैले महसुस गर्न सक्छौं। जतिसुकै आक्रमण भए पनि विचलित हुने छैनौं। राष्ट्र निर्माणका लागि एकजुट भएर निरन्तर अघि बढिरहेनै छौं, हामी थाक्ने छैनौं, रोकिने छैनौं,' उनले भनिन्। 

Laxmi sunrise bank
kumari

काम गरेको देख्न नचाहनेले आफूमाथि आक्रमण सुरु गरेको उनको दाबी छ। 'राष्ट्र निर्माण भएको देख्न नचाहनेहरू, काम गरेको देख्नेहरूको देख्दा भतभती पोल्नेहरूका लागि मेरो कामले पोल्न थाल्यो। चौतर्फी आक्रमण गरेको मैले महसुस गर्न थालें,' उनले भनिन्।

उनले 'योङ ग्लोबल लिडर' बनेर देशको शीर उचो बनाउन आफू सफल भएको बताइन्। उपमेयर डंगोलले प्रधानमन्त्री केपी शर्मा ओलीले पनि राष्ट्रवादी भएर काम गरिरहेकाले उनीमाथि पनि आक्रमण भइरहेको बताइन्।

प्रकाशित: Apr 24, 2025| 16:34 बिहीबार, वैशाख ११, २०८२
प्रतिक्रिया दिनुहोस्