काठमाडौं। पूर्वाधार विकासमन्त्री सुनील लाम्सालसँग नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले भेटवार्ता गरेका छन्।
भेटमा नेपाल–चीन सम्बन्ध, विपद्पछिको पुनर्निर्माण, आपसी सम्पर्क विस्तारलगायत विभिन्न विषयमा गहन छलफल भएको छ।
राजदूत झाङले नेपालमा विपद्पछिको पुनःस्थापना तथा पुनर्निर्माणका प्रयासमा चीनले सक्दो सहयोग जारी राख्ने बताएका छन्।