सोमबार, चैत २, २०८२

चीनको आन्तरिक ऋण बढ्यो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
बेइजिङ- चीनको सन् २०१८ को डिसेम्बरमा चीनको आन्तरिक ऋण १.०८ ट्रिलियन युआन (झण्डै एक खर्ब ६० अर्ब अमेरिकी डलर ) पुगेको केन्द्रीय बैंकको मंगलबार सार्वजनिक तथ्याकंले जनाएको छ। यो गत वर्षको सोही महिनाको तुलनामा चार खर्ब ९९ अर्ब ५० करोड युआन बढी हो। 

यद्यपि सन् २०१८ को नोभेम्बरको तुलनामा नयाँ ऋण रकममा सामान्य कमी अर्थात् १.२५ ट्रिलियन यूआनबाट १.०८ ट्रिलियन युआनमा झरेको पिपुल्स बैंक अफ चाइना (पिबिओसी) ले जनाएको छ। एक ट्रिलियन बराबर दश खर्ब हुन्छ। 

मुद्रा आपुर्ति गर्ने मापदण्ड एम-२, जसले मुद्रासञ्चार र सम्पूर्ण निक्षेपको लेखाजोखा खाख्छ, अघिल्लो बर्षको तुलनामा ८.१ प्रतिशत बढेर डिसेम्बरको अन्त्यसम्ममा १८२.६७ ट्रिलियन युआन पुगेको छ। 

एम–२ को वृद्धि अघिल्लो महिनामा रेकर्ड भएको आठ प्रतिशतभन्दा बढी हो भने एक बर्ष पहिले सोही समयको तुलनामा बराबर हो। 

मुद्रा आपूर्तिको अर्को मापदण्ड एम–१, जसले नगद सञ्चार र निक्षेपको मागको रेकर्ड राख्छ, एक बर्ष पहिलेकोे तुलनामा गत डिसेम्बरमा १.५ प्रतिशत वृद्धि अर्थात् ५५.१७ ट्रिलियन युआन बढी देखिएको छ। 

समग्रमा सन् २०१८ को नयाँ यूआनको ऋणमा अघिल्लो बर्षको तुलनामा २.६४ ट्रिलियन युआनले वृद्धि भई १६.१७ ट्रिलियन युआन पुगेको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।