बुधबार, साउन १३, २०८३

बीपीएल : सन्दीप सिक्सर्सको चौथो खेलको प्लेइङ सेटमा आटाएनन्

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- बंगलादेशमा जारी बंगलादेश प्रिमियर लिग (बीपीएल) क्रिकेटमा सिलेट सिक्सर्सबाट खेलीरहेका नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने आफ्नो टिमको चौथोको प्लेइङ सेटमा परेका छैनन् । 

कोमीला भिक्टोरियन्सविरुद्ध हुने खेलका लागि सिक्सर्सले सन्दीपलाई टिमले प्लेइङ सेटमा आटाएको छैन् । डेब्यु खेलमा उत्कृष्ट प्रदर्शन गरेका सन्दीपले त्यसपछका दुई खेलमा सोचे अनुसारको प्रदर्शन गर्न सकेनन् । 

उनी त्यसपछिका दुई खेलमा सिक्सर्सका लागि महंगा साबित भए । डेब्युमा सन्दीपले ४ ओभर गर्दै मात्र १६ रन खर्चेर २ विकेट लिएका थिए । त्यसपछिको दोस्रो उनले ४ ओभर गर्दै विना विकेट २१ रन खर्चेका थिए । 

त्यस्तै तेस्रो खेलमा उनले ४ ओभरमा विकेट बिहिन हुँदै ३३ रन खर्चेका थिए । भिक्टोरियन्सविरुद्ध मैदान उत्रदा सन्दीपको टिम सिक्सर्स दोस्रो जितको खोजीमा हुनेछ । यस्तै सिक्सर्स भिक्टोरियन्ससँग पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ । पहिलो खेलमा सिक्सर्स भिक्टोरियन्ससँग ४ विकेटले पराजित भएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।