मंगलबार, चैत २४, २०८२

खप्तड गोल्डकप : क्यामरुनलाई हराउँदै संकटा सेमिफाइनलमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
धनगढी- संकटा क्लब तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । धनागढी रंगशालामा मंगलबार दिउँसो भएको खेलमा क्यामरुनको दाउफिन्स फुटबल क्लबलाई १-० ले पराजित गर्दै संकटा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । 

संकटाको जितका लागि खेलको एक मात्र निर्णायक गोल एलोन म्याक्स्वेलले गरे । उनले खेलको दोस्रो मिनेटमा नै गोल गर्दै संकटालाई महत्वपूर्ण जित दिलाए । क्यामरुनका गोलरक्षक अगाडी बडेको अवस्थानमा संकटाका लक्ष्मण रुचालले दिएको थ्रु पासलाई म्याक्स्वेलले सहजै गोलमा परिणत गरेका थिए । 

खेलको १२ औं मिनेटमा लक्ष्मण रुचालले वन भर्सेस वनको स्थितिमा गरेको प्रहार क्यामरुनका गोलरक्षकले बचाए । पहिलो हाफको इन्जुरी समयमा दाउफिन्सका कप्तान ले पेनाल्टी क्षेत्रबाहिरबाट गरेको प्रहारले पोस्टको दिशा लिन सकेन ।

दोस्रो हाफको पाँचौं मिनेटमा क्यामरुनले खेल बराबरी गर्ने मौका गुमायो । गोलरक्षक पोजिसनमा नहुँदा आर्मेलको क्रसमा जुनियरको हेडरले पोस्टको दिशा लिन सकेन । खेलमा उत्कृष्ट प्रदर्शन गरेका संकटाका कप्तान रवि सिलवालले म्यान अफ दि म्याच बन्दै १० हजार रुपैयाँ प्राप्त गरे । 

संकटाले अब बिहिबार हुने सेमिफाइनलमा नेपाल पुलिस क्लबको सामना गर्नेछ । बुधबार हुने पहिलो सेमीफाइनलमा रुस्लान थ्री स्टार क्लब र मेची नेत्रालय काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर खेल्नेछन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।