काठमाडौं – विबेकशील साझा विभाजन भएपछि रञ्जु दर्शनाको विषयमा चरित्र हत्या गर्ने समाचार लेखेको भन्दै अनलाइन सञ्चालक पक्राउ परेका छन्। हानगरीय अपराध महाशाखाले विबेकसिल साझा पार्टीर्की नेतृ दर्शनाको बिषयमा भ्रामक समाचार लेखेको भन्दै मुक्ति खबर डटकम तथा नेपाल टक डटकमका संचालक श्याम रोकालाई पक्राउ गरेको हो।
रोका काठमाडौंको शान्तीनगरबाट पक्राउ परेका हुन्। सिन्धुपाल्चोक मेलम्ची घर भएका रोकाले सञ्चालन गरेका अनलाइनबाट रञ्जु र संयोजक रबिद्र मिश्रको चारित्र हत्या गर्ने गरि समाचार सम्प्रेसण भएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ। रञ्जुले महानगरीय अपराध महाशाखामा दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो।
महानगरीय अपराध महाशाखाको टोलीले रोकालाई पक्राउ गरी विद्युतीय अपराध कसुर अन्तर्गत अनुसन्धान सुरु गरिएको एसएसपी धिरजप्रताप सिंहले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४