काठमाडौं – आज माघे संक्रान्ति (माघी), थारु समुदायको नयाँ वर्ष। माघीको अवसरमा थारु समु्दायले राजधानीस्थित चुच्चेपाटीमा थारु राष्ट्रिय महोत्सव आयोजना गर्यो। महोत्सवको उद्घााटन उपप्रधान तथा रक्षामन्त्री इश्वर पोख्रेलले गरेका थिए।
थारु समुदायमा माघीकाे आफ्नै महत्व छ। माघीको दिन थारु समुदायमा स्नान गरी तिलको आगो ताप्नाले चलन छ। यसरी आगो ताप्दा वर्ष भरिको पाप पखालिन्छ भन्ने धार्मिक मान्यता छ। माघीको दिन नुहाएर दाल, चामल छोइसकेपछि मान्यजनहरूसँग ढोगभेट गरी आशीर्वाद लिने प्रचलन छ। यसलाई सेवाढोग वा सेवा सलाम लग्ना भनिन्छ। यो प्रक्रिया घरबाट सुरू भई गाउँभरि नै गएर सेवा सलाम लिने दिने र खानपिन गर्ने प्रचलन छ। जति ठूलो गाउँ भए पनि सबै घरमा सेवासलामको लागि पस्नुपर्ने हुन्छ।
माघी नुहाएर, एकआपसमा अङ्कमाल गरी मेलमिलाप गरिन्छ। त्यसैले माघीलाई सम्बन्ध प्रगाढ बनाउने दिनको रूपमा पनि लिइन्छ।
माघीमा आफ्नो चेलीबेटीहरूलाई उपहार दिने चलन छ। यसलाई थारू भाषामा ‘निसराउ’ भनिन्छ। माघीको दिन नुहाएर आइसकेपछि छोएको चामल, दाल, पैसा र यसमा केही थप गरेर निसराउस्वरूप चेलीबेटीलाई उपहार दिइन्छ। माघी मनाउन माइती आएका छोरीचेलीहरू घर फर्किने बेला निसराउ लिएर जान्छन्।
माघीलाई नयाँ वर्षको रुपमा मनाउने थारु समुदायले यसैदिन भलमनसा (गाउँको मुख्य मान्छे) चुन्ने, पुरानो हरहिसाब चुक्ता गरी नयाँ खातापाता सञ्चालन गर्ने लगायतका काम गर्छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...