काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्पनी रजिस्टारको कार्यालय, त्रिपुरेश्वर काठमाडौंमा कार्यरत सहायक रजिस्टार र उनकी छोरीलाई एक लाख घुस रकमसहित पक्राउ गरेको छ।
अख्तियारबाट खटिएको टोलीले सोमबार सहायक रजिस्टार गीताकुमारी पन्थी र उनकी छोरी पोषणलाई पक्राउ गरेको हो। अख्तियार प्रवक्ता रामेश्वर दंगालले त्रिपुरेश्वरमा सञ्चालित एक विद्यालयको राजस्व रकम छुट गराउने नाममा पन्थीले घुस मागेको सूचनाका आधारमा उनलाई नियन्त्रणमा लिएको बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४