बुधबार, साउन १३, २०८३

तरुलसमेत भारतबाट आयात, राजधानीमा नौ करोडको खपत

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- यस वर्षको माघेसंक्रान्तिमा तरुलको खपत विगतमा भन्दा दोब्बर बढेको छ। माघेसक्रान्तिका बेला तरुलको माग र आपूर्ति बढ्दै गएको व्यवसायी बताउँछन् । विगतमा भन्दा यसको व्यापारसमेत बढेको उनीहरुको भनाइ छ । 

नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले यस वर्ष राजधानीमा नौ करोड रुपैयाँ बराबरको तीन हजार टन बढी तरुल खपत हुने बताए। यो गत वर्षको तुलनामा झन्डै दोब्बर हो। ‘गत वर्ष करिब चार करोड रुपैयाँ बराबरको एक हजार नौ सय विभिन्न प्रकारका तरुलको खपत भएको थियो,’ उनले भने, ‘अहिले तरुलको महत्त्व तथा आकर्षण बढ्नु र जनसंख्या बढ्नाले पनि तरुलको माग र आपूर्ति बढेको हो।’

गत वर्षको तुलनामा तरुलको मूल्य भने घटेको छ। ‘विगतमा भन्दा तरुलको मूल्य ५ देखि १० प्रतिशतले घटेको छ,’ उनले भने, ‘आवश्यकताअनुसारको तरुल राजधानीमा सहजै आपूर्ति भएको कारणले पनि मूल्य घटेको हो।’

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितका निर्देशक विनय श्रेष्ठले कालीमाटी तरकारी बजारमा गत वर्षको तुलनामा यस वर्षको पुसमा ४० प्रतिशत बढी तरुल भित्रिएको बताए। उनका अनुसार कालीमाटीमा नौ सय ६८ टन तरुल भित्रिएको छ। गत वर्ष ६ सय ८७ टन मात्रै भित्रिएको थियो। 

मागअनुसार तरुल भित्रिएकाले औसत थोक मूल्यसमेत घटेको छ। गत वर्ष प्रतिकिलोको तरुलको औसत थोक मूल्य ५२ रुपैयाँ ५९ पैसा थियो । अहिले भने प्रतिकिलो ४३ रुपैयाँ ६७ पैसामा बिक्री भइरहेको श्रेष्ठले बताए । ‘सबैभन्दा बढी सर्लाहीबाट मात्रै चार सय १२ टन तरुल कालिमाटीमा भित्रिएको छ,’ उनले भने ‘बाग्लुङ, बारा, चितवन, धादिङ, गोर्खा, झापा, काभ्रे, नवलपरासीलगायतका १८ जिल्लाबाट तरुल भित्रिएको छ।’ यस्तै भारतबाट ७१ टन तरुल आयात भएको छ । 



कुन तरुलको मूल्य कति?

समितिका अनुसार बजारमा अहिले १५ प्रकारका तरुल उपलब्ध छन्।  तराईबाट भित्रिएका तरुलको थोकमूल्य मूल्य प्रतिकिलो ४० देखि ५० रुपैयाँ छ।

पहाडबाट ल्याइएका घर तरुल ७० रुपैयाँदेखि ८० रुपैयाँसम्म, सिमल तरुल मूल्य ५० देखि ६० रुपैयाँसम्म, मडे तरुल २५–३० रुपैयाँसम्म, वन तरुल १५० देखि १७० रुपैयाँसम्ममा होलसेल मूल्यमा बजारमा उपलब्ध छ।

पताले १४० देखि १५० रुपैयाँसम्म, स्कुस तरुल १३०–१४० रुपैयाँसम्म, नेपाली हात्तीपाइले ७० रुपैयाँ र भारतीय हात्तीपाइले तरुल १०० देखि ११० रुपैयाँसम्म बजारमा उपलब्ध छ। 
महासंघका अध्यक्ष घिमिरेका अनुसार राजधानीमा उपलब्ध तरुल मध्ये ९५ प्रतिशत स्वदेशमै उत्पादन भएको हो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।