बुधबार, साउन १३, २०८३

किन खाने तिलको लड्डु ? यस्तो छ वैज्ञानिक कारण

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडाैं- माघे संक्रान्ति । घिउचाकु, तिलको लड्डु र तरुल खाने दिन । लड्डु त अन्य दिनमा पनि खाने गरिन्छ तर तिलको लड्डु भने माघे संक्रान्तिमै खाइन्छ । तिल भगवान् विष्णुलाई विशेष मन पर्ने पौराणिक मान्यता छ । सप्ताह अर्थात् श्रीमद्भागवत पुराण लगाउँदा अन्तिम दिन ‘विष्णु सहर्षनाम’ वाचन गरेर तिल चढाउने प्रचलन छ । यस्तै सूर्य उपासना गर्दा पनि तिलको प्रयोग गरिने संस्कृतिविद् विनोदराज शर्मा बताउँछन् ।

श्रीमद्भागवत् पुराणअनुसार एकपटक सूर्य र छोरा शनिबीच मनमुटाव भएको थियो । सूर्यका दुई पत्नी सङ्घ्या र छाया । सङ्घ्याका छोरा यमराज हुन् भने छायाका शनि । छायाले आफ्ना छोरा शनि र सौताका छोरा यमराजबीच भेदभाव गरेको सूर्यले थाहा पाउँछन् । यसपछि सूर्यले छाया र शनिलाई घरबाट निकाला गरिदिन्छन् । यसबाट छाया र शनिलाई निकै रिस उठ्छ । आफूहरूको बेइज्जत भएको सहन नसकी शनि र छायाले सूर्यलाई कुष्ठरोग लागोस् भनेर श्राप दिन्छन् । 

सूर्यलाई कुष्ठरोग लाग्छ । पिताको कुष्ठरोग निको पार्न यमराज तपस्यामा बस्छन् । कठोर तपस्यापछि भगवान् खुसी भएर सूर्यको रोग निको पारिदिन्छन् । निको भएपछि सूर्यले शनि र छाया बसेको घर कुम्भ राशि जलाइदिन्छन् । शनि र छायालाई निकै कष्ट हुन्छ । सौतिनी आमा र भाइको पीडा नष्ट गर्न यमराजले पिता सूर्यसँग अनेक बिन्ती गर्छन् । त्यसपछि सूर्यदेव शनि र छायाको घरमा जान्छन् । सबैथोक जलिसकेकाले त्यहाँ कालो तिलमात्र बाँकी रहन्छ । शनिले पिता सूर्यलाई तिलले नै पूजा गर्छन् । पूजाबाट प्रसन्न भएका सूर्यले शनिलाई उनीहरूको नयाँ घर मकर राशिमा प्रवेश गर्दा वैभव प्राप्त हुने वरदान दिन्छन् । यस कारण शनि र सूर्यलाई पुज्दा कालो तिलको प्रयोग हुने जनविश्वास छ । 

समय परिवर्तनसँगै तिल विभिन्न प्रयोजनमा उपयोग गर्न थालिएको छ । आयुर्वेदमा पनि यसको विशेष महत्त्व रहेको बताइएको छ । पहिलेपहिले नुहाउँदा तिलको प्रयोग गरिन्थ्यो । यस्तै तुलसीजस्तै तिल पनि रोप्ने गरिन्थ्यो । हवन गर्दा पनि तिलको प्रयोग गरिन्छ । यस्तै हिन्दु धर्ममा गरिने दसदानमध्ये तिलदान पनि गरिन्छ । यस्तै पूजाका बेला तिलको प्रयोग अनिवार्य मानिन्छ । त्यस्तै तिलको लड्डु बनाएर देवतालाई चढाइन्छ । तिलको पुजा र तिलको सेवन बाहेक अन्य प्रयोग लोप हुन थालेको बताउँछन्, संस्कृतविद् विनोदराज शर्मा । 

यस्तो छ वैज्ञानिक कारण

जाडोमा तिल खाँदा शरीरको तापक्रम सन्तुलित हुन्छ । साथै यसले मुटु, दिमाग र हड्डीलाई पनि स्वस्थ राख्न मद्दत गर्छ । तिलमा रहेको म्याग्नेसियम तत्त्वले मधुमेह (डाइबेटिज) रोगीलाई पनि फाइदा हुन्छ । माघ महिनामा जाडो ज्यादै हुन्छ । यतिबेला तिलका परिकार खाँदा स्वास्थ्यलाई फाइदा हुने चिकित्सक बताउँछन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।