बुधबार, साउन १३, २०८३

नुवाकोटमा ५१ हल गोरु जुधाइदै, यस्तो छ रौनक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
नुवाकोट- माघे सङ्क्रान्तिका अवसर पारेर नुवाकोटमा आज ५१ हल गोरु जुधाइदै छ । तारुका, बेत्रावती, पञ्चकन्याको घलेभञ्जयाङ, शिवपुरी गाउँपालिकाको शेरा बगर र लिखु गाउँपालिकाको कट्टि छापमा गोरु जुधाउन लागिएको हो । 

“तारुकाको पौरख नेपालको गौरव” भन्ने नारा सहित तार्केश्वर गाउँपालिका वडा नम्बर ३ तारुकामा २३ हल गोरु जुधाउन लागिएको छ। तारुकाको गोरु जुधाई मेलाको उद्घाटन युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले गर्ने भएका छन् । 

यस्तै नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १० (नुवाकोट र रसुवाको संगम स्थल) बेत्रावतीमा ८ हल गोरु जुधाउनको लागि दर्ता भएको आयोजक गोसाइँकुण्ड युवा क्लबले जनाएको छ। यस्तै पञ्चकन्या गाउँपालिका वडा नम्बर ३ घलेभञ्जयाङ (पिपलडाडा) मा ८ हल गोरु जुधाइने भएको छ। 

यस्तै लिखु गाउँपालिका वडा नम्बर ३ कट्टिछापमा ६ हल गोरु जुधाइने भएको  छ ।

बझाङ्गी राजा विक्रमबहादुर सिंहको छोरा राजकुमार जयपृथ्वीबहादुर सिंहको उपस्थितीमा विक्रम सम्वत १८ सय ८७ सालदेखि सुरु भएको गोरु जुधाई महोत्सवलाई २०६२ सालदेखि स्थानीय युवाहरुले सस्कृतिको संरक्षण तथा पर्यटन प्रबर्द्धनको लागि केन्द्रित रहेर व्यवस्थित रुपमा गोरु जुधाई पर्वको रुपमा मनाउँदै आएका छन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।