बिहीबार, असार १९, २०८२

कुकुर बिरालो पाल्न वडा कार्यालयमा दर्ता गर्नुपर्ने

 |  मंगलबार, वैशाख २, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २, २०८२

vianetvianet

काठमाडौं महानगरपालिकाले दर्ता गराएर मात्र कुकुर तथा बिरालो पाल्न आग्रह गरेको छ।

सूचना जारी गर्दै महानगरले कुकुर बिरालोलाई माइक्रो चिप लगाएर वडा कार्यालयमा दर्ता गरेर मात्र पाल्न भनेको छ।

महानगरका अनुसार कुकुर बिराला चोरी भएको, हराएको तथा छाडा छाडिएको गुनासो आउन थालेपछि दर्ताको व्यवस्था गरिएको हो।

सूचनमा भनिएको छ, 'काठमाडौं महानगर क्षेत्रबाट वा क्षेत्रभित्र कुकुर बिरालो बिक्री वितरण गर्ने व्यक्ति वा संस्थाले पनि अनिवार्य रूपमा माइक्रो चिपिङ गरेर मात्र बिक्री वितरण गर्नु गराउनुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।'
 

प्रकाशित: Apr 15, 2025| 18:27 मंगलबार, वैशाख २, २०८२
प्रतिक्रिया दिनुहोस्