इटहरी- माघ १ गते मनाउन थारु, मगर र अन्य वैदिक सनातनधर्मीको पवित्र पर्व माघीको अवसरमा प्रदेश-१ का तीन स्थानीय सरकारहरुले विदा दिएका छन्। यसरी विदा दिनेमा तेह्रथुमको मेन्छायेम गाँउपालिका, तेह्रथुमकै आठराई गाँउपालिका र सुनसरीको बराहक्षेत्र नगरपालिका रहेका छन्।
मेन्छायेम गाँउपालीकामा रहेको मोराहाङ र पौठाकको सिमाना भएर बग्ने खोरुङ्गा खोलामा मेला र तिर्थ हुने भएकाले माघे सक्रान्ती विदा दिइएको गाँउपालीकाले बताएको छ।
गाँउपालिका उपाध्यक्ष गीतादेवी तिम्सीना गौतमका अनुसार खोरुङ्गा खोलामा नुहाएर गाइखुरी र भकारीमा पुजाआजा गरिने भएकाले विदा दिइएको हो। गाँउपालीकाको मोराहाङमा यस्तो संस्कृति परापुर्वक कालदेखी रहेको भन्दै यसको सम्मानमा स्थानिय सरकारले विदा दिइएको गौतमको भनाइ छ।
यस्तैगरी, नेपालको प्रसिद्ध बराहक्षेत्र मन्दीर र प्राचिन हरिद्धार भनिने चतरा भएको बराहक्षेत्र नगरपालीकाले पनि माघे सक्रान्तीको विदा दिएको छ। आज एक सार्वजनिक सूचना जारी गर्दै नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत अच्युत प्रसाद दाहालले विदाको जानकारी दिएका हुन्।
बराहक्षेत्रमा मकर नुहाउने र मकर मेला भर्न विश्वभरका वैदिक सनातन हिन्दुहरुको आस्थाको केन्द्र बराहक्षेत्र भएकाले विदा दिइएको मेयर निलम खनालले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४