काठमाडौं- आज पुस मसान्त (३० गते) सोमबार। पुसको पाक्य र माघको खाक्य नेपाली उखान अनुसार पुसको राति पकाउने र अर्को दिन माघ १ गते खाने नेपाली प्ररम्परा छ। आज देशभर कहाँ के-के भयो र माघेको पूर्वतयारी कहाँ के छ, चिकित्सा शिक्षा सुधारको माग राख्दै आएका डा केसीको १६ औं अनसनको छटौं दिन आज इलाम जिल्ला अस्पताल पुर्याइएको छ। अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।
माघी अर्थात् चेली तिहारको रौनक सुदूरपश्चिममा सुरु भएको छ। हिमाल, पहाड र तराई तीनवटै भूगोलमा बसोबास गर्ने सुदूरपश्चिमेलीहरुमा माघी तिहारको रौनक सुरु भएको हो। वर्षको एकपटक छोरी चेलीलाई अनिवार्य रुपमा तिहार दिने प्रचलन रहेकाले माघी तिहारलाई चेली तिहार भन्ने गरिएको हो।
पचास वर्षअघि सप्तकोशी नदीमा पहिलोपटक जलयात्राको सफल परिक्षण भएको थियो। प्रथम सगरमाथा आरोही सर एड्मन्ड हिलारी नै थिए पहिलोपटक सप्तकोशीमा जेट बोट यात्रा गर्ने। आफ्ना साथी जोन ह्यामिलटनसँगै सन १९६८ मा हिलारीले सप्तकोशी बग्ने चतराबाट दोलालघाटसम्मको १७५ किलोमिटर जेट बोटमा यात्रा गरेका थिए।
नेपाली कांग्रेसका सभापती एवम् पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिद अनियमितता प्रकरणमा मुछेर आफ्नो चरित्र हत्या गर्न खोजेको आरोप लगाएका छन्।
कर्मचारीहरूले प्रदेश मन्त्रालयका सचिव कुट्ने मन्त्रीमाथि कारबाही गर्न माग गरेका छन्। निजामती कर्मचारीले वन, वातावरण तथा पर्यटन मन्त्रालयका सचिव विद्यानाथ झालाई कुटपिट गर्ने प्रदेश २ का अर्थमन्त्री विजय यादवमाथि कारबाही गर्न माग गरेका हुन्।
छ दिनदेखि अनसनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई अस्पताल लगिएको छ । चिकित्सा शिक्षा सुधारको माग राखेर इलाममा पुष २५ गतेदेखि उनले १६ औं अनस सुरु गरेका थिए। मुटुको गति अनियमित भएर स्वास्थ्यमा खतरा उत्पन्न भएपछि अनसनरत केसीलाई इलाम अस्पताल सारिएको हो।
प्रदेश २ का एक मन्त्रीले प्रदेश मन्त्रालयका एकजना सचिवलाई कार्यकक्ष भित्रै कुटपिट गरेका छन्। प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले प्रदेश मन्त्रालयका एक सचिवलाई कुटपिट गरेको घटना बाहिरिएको छ।
मित्र मुमाराम खनाल र म पुस तेस्रो साता एक नम्बर प्रदेशमा थियौं। हाम्रो यात्राको मुख्य उद्देश्य थियो मान्छेहरूसँग कुराकानी गर्नु । हामी त्यस्ता मान्छेसँग भेटघाट गर्न चाहन्थ्यौं– जो हिजो लोकतान्त्रिक आन्दोलनमा थिए, जसले विकास र समृद्धिको सपना देखेका थिए, जो राजतन्त्रविरुद्ध अनवरत लडेका थिए, जसले परिवर्तनको यज्ञमा आफूलाई समर्पित गरेका थिए।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा आवश्यक कर्मचारीको अभाव भएसँगै त्यहाँको काम दिन प्रतिदिन प्रभावित बन्दै गएको छ। सरकारले २०४८ सालमा कृषि ऐन पारित गर्दा तोकेका सबै सेवासुविधा हालसम्म लागु गर्न नसकेका कारण त्यहाँका कर्मचारीको मनोबल घटी अन्य कार्यक्षेत्रमा लाग्दा काम प्रभावित बन्दै गएको हो।
कर्णाली र तिला कर्णाली नदीको संगमस्थल कालिकोटको जितेगढा बजार। माथिबाट ठूलठूला पहाड तल बाह्रै महिना बगिरहने कर्णाली। वर्षौंदेखि जोखिमको कुनै प्रवाह नगरी बस्न बाध्य छन् जितेगडावासी। एकातिर पहाड खस्ने डर, अर्कातिर उर्लेर आउने कर्णालीले बस्ती बगाउला भन्ने चिन्ता।
तीन दिनदेखी लुम्बिनीमा सन्चालित बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट, २०१९ ६ बुदें घोषणा पत्र जारी गर्दै सकिएको छ। विदेशी क्रेता र स्वदेशी विक्रेताबीच सिधा सम्पर्क गराउने उद्देश्यले नेपाल ट्राभल्स एण्ड टुर्स एशोसिएसन (नाट्टा) र संस्कृति तथा पर्यटन मन्त्रालय अर्न्तगतको नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा ३ दिन सम्म चलेको मार्टबाट ६ बुदें साझा लुम्बिनी घोषणापत्र समेत जारि गरिएको छ।
पछिल्लो पुस्ताकी चर्चित नायिका वर्षा राउत भ्यालेन्टाइन डे अर्थात फागुन २ मा लगन गाँठोमा कसिने भएकी छन्। लामो समयदेखि सन्जोग कोइरालासँग प्रेम सम्बन्धमा रहेकी वर्षा अब बैबाहिक बन्धनमा बाधिन लागेकी हुन्।
तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रित सुदुरपश्चिम खप्तड गोल्ड कपमा थ्री स्टार क्लबले च्यासल युथ क्लबलाई पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार धनगढी रंगशालामा भएको खेलमा थ्री स्टरले च्यासललाई १-० ले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो।
थाइल्याण्डमा जारी थाइल्याण्ड महिला टी-२० स्म्यास क्रिकेटमा नेपाली राष्ट्रिय महिला टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार भएको आफ्नो तेस्रो खेलमा प्रतियोगिताको बलियो दाबेदार मानिएको यूएइलाई पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो।
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडसँग टोटनह्याम पराजित भएको छ । आइतबार राति भएको खेलमा टोटनह्याम युनाइटेडसँग १-० ले पराजित भएको हो। घरेलु टोली टोटनह्यामलाई पराजित गर्न युनाइटेडका लागि खेलको एक मात्र निर्णायक गोल मार्कुस रासफोर्डले गरेका थिए।
सुडानका कठोर राष्ट्रपति ओमर अल बसिरले अहिले भइरहेको आन्दोलनबाट सरकार परिवर्तन नहुने दावी गरेको छ। डार्फरमा भएको एउटा र्यालीलाई सम्वोधन गर्दै सोमबार उनले आन्दोलनकारीहरुले सरकार परिवर्तन गराउन नसक्ने दावी गरेको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...