सोमबार, चैत २, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • पाउरोटीको मूल्यवृद्धिको विरोध, राष्ट्रपति भन्छन्- 'आन्दोलनले सरकार ढल्दैन'

पाउरोटीको मूल्यवृद्धिको विरोध, राष्ट्रपति भन्छन्- 'आन्दोलनले सरकार ढल्दैन'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
खार्तुम- सुडानका कठोर राष्ट्रपति ओमर अल बसिरले अहिले भइरहेको आन्दोलनबाट सरकार परिवर्तन नहुने दावी गरेको छ। डार्फरमा भएको एउटा र्‍यालीलाई सम्वोधन गर्दै सोमबार उनले आन्दोलनकारीहरुले सरकार परिवर्तन गराउन नसक्ने दावी गरेको हो। 

प्रदर्शनकारीहरुले सरकार परिवर्तन गराउन सक्दैनन, आफ्ना समर्थकहरुको बीचमा उनले भने। दक्षिण डार्फर राज्यको राजधानी नियालामा उनका समर्थकहरुले ठूलो र्‍याली निकालेका थिए । एक दिन अगाडि त्यहाँ सरकार विरोधी आन्दोलनलाई प्रहरीले निस्तेज पारेको थियो। 

'शक्तिमा पुर्‍याउन मतपेटिका मात्रै एउटा उपाय हो, कस्लाई पठाउने भन्ने बारेमा आउँदो सन् २०२० मा हुने निर्वाचनमा सुडानी जनताले निर्णय गर्नेछन्' उनले भने। 

उनी अर्को बर्ष हुने निर्वाचनमा फेरी उम्मेदवारी दिएर तेस्रो कार्यकालका लागि राष्ट्रपति बन्ने तयारीमा छन्। उनका विरुद्धमा सुडानमा गत डिसेम्बरदेखि आन्दोलन भइरहेको छ। 

सरकारले पाउरोटीको मुल्य बढाएकोप्रति असन्तुष्टि जनाउँदै आन्दोलन भइरहेको छ। मुल्यवृद्धिकाविरुद्धमा सुरु भएको आन्दोलन राष्ट्रपति बसिरको राजिनामा माग्नेसम्म पुगेको छ। 

प्रदर्शनकारीहरुले सत्ता परिवर्तनको माग गरिरहेका छन्। विद्यालयहरु बन्द छन् भने पत्रिकाहरुलाई पनि प्रकाशन नगर्न आदेश दिइएको छ। आन्दोलनका क्रममा अहिले सम्म कम्तिमा २४ जनाको मृत्यु भएको छ भने हजारौं घाइते भएका छन्। 

सुडान सरकारले पाउरोटीको मूल्यवृद्धि गरी एक सुडानी पाउन्डबाट तीन पाउन्ड बनाएको छ । साथै, इन्धनको मूल्यमा पनि दोब्बर वृद्धि गरिएको छ। अहिलेको आन्दोलनलाई सन् १९८९ मा राष्ट्रपति ओमार अल बशिरले शक्ति हत्याए यताको सबैभन्दा गम्भीर नागरिक असन्तोषका रूपमा लिइएको छ । 

सन् २०११ मा दक्षिण सुडान स्वतन्त्र भएपछि ठूलो मात्रामा तेल राजस्व गुमाउनु परेको र त्यसको परिणाम स्वरुप इन्धनमा दिइंदै आएको सहुलियत कटौती गर्न राष्ट्रपति बाध्य भएको बताइएको छ। सन् २०१२ मा पनि केहि इन्धन सहुलियत कटौती हुँदा केहि हप्तासम्म विरोध प्रदर्शनहरु भएका थिए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।