बुधबार, साउन १३, २०८३

महिला टी-२० स्म्यास : युएईलाई हराउँर्दै नेपाल सेमिफाइनलमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
फाइल तस्बिर
 
काठमाडौं- थाइल्याण्डमा जारी थाइल्याण्ड महिला टी-२० स्म्यास क्रिकेटमा नेपाली राष्ट्रिय महिला टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको आफ्नो तेस्रो खेलमा प्रतियोगिताको बलियो दाबेदार मानिएको यूएइलाई पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो । 

प्रतियोगिताको बलियो दाबेदार मानिएको युएइलाई नेपालले ६ विकेटले परासजत गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको युएईले दिएको १ सय ६ रनको लक्ष्य नेपालले १९ ओभरमा मात्र ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । 

नेपालका लागि सीता राना मगरले सर्वाधिक ३७ रन जोडिन् । त्यस्तै काजल श्रेष्ठले २८ रन प्रहार गरिन् । यसअघि युएइले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५ रन जोडेको थियो ।

उसका लागि ईशा ओजाले २८, छाया मुगहालले ३१ चमानी सेनेभिराथानेले २३ रन जोडे । नेपालका लागि सिता राना मगर, सोनु खड्का र करूणा भण्डारीले १-१ विकेट लिए ।

प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १० विकेटले पराजित गर्दा आइतबार भएको दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।