भैरहवा- तीन दिनदेखी लुम्बिनीमा सन्चालित बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट, २०१९ ६ बुदें घोषणा पत्र जारी गर्दै सकिएको छ। विदेशी क्रेता र स्वदेशी विक्रेताबीच सिधा सम्पर्क गराउने उद्देश्यले नेपाल ट्राभल्स एण्ड टुर्स एशोसिएसन (नाट्टा) र संस्कृति तथा पर्यटन मन्त्रालय अन्र्तगतको नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा ३ दिन सम्म चलेको मार्टबाट ६ बुदें साझा लुम्बिनी घोषणापत्र समेत जारि गरिएको छ।
पुस २६ गतेदेखी सन्चालन भएर पुस २८ गते सम्पन्न भएको बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट अत्यन्तै फलदायी भएको नेपाल ट्राभल्स एण्ड टुर्स एशोसिएसन (नाट्टा) का अध्यक्ष सिएन पाण्डेले बताए। उनले भने , ‘नेपालमै पहिलो पटक भएको बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट उत्साहबद्र्धक रुपमा सम्पन्न भएको छ। ’
उक्त मार्टले विदेशी मुलुकमा पर्यटन व्यवसाय गर्ने तथा नेपालका पर्यटन व्यवसायीहरु बीच ब्यबसाय र सेवा विनिमयको अवसर श्रृजना गर्न सफल भएको उक्त कार्यक्रमका सदस्यसचिव अच्युत गुरागाईले बताए।
यसैबीच मार्टको समापनको अवसरमा ६ बुदें लुम्बिनी घोषणा पत्र समेत जारी गरिएको छ। घोषणापत्रको पहिलो बुदांमा मार्टले नेपाललाई बौद्ध पर्यटन केन्द्रको रुपमा स्थापित गर्न सफल भएको उल्लेख छ। यसैगरी दोस्रो बुदांमा नेपालमा पहिलो पटक आयोजना भएको यो ब्यबसायिक सम्मेलनले नेपाललाई बौद्ध पर्यटन केन्द्रको रुपमा स्थापित गर्न सहयोग पुगेको छ। यसैगरी घोषणापत्रको तेस्रो बुँदामा लुम्बिनीलाई बौद्ध पर्यटनको सुरुआत बिन्दुकै रुपमा स्थापित गर्न मद्दत पुग्नेछ । यसैगरी चौथो बुदांमा मार्टले समग्र नेपालको पर्यटन बजार बिस्तार र प्रबर्धन गर्न महत्वपूर्ण योगदान पुराएको उल्लेख छ।
लुम्बिनी घोषणापत्रको पाचौं बुदामा लुम्बिनीको साथै भैरहवा, तानसेन, पाल्पा, तौलिहवा, निग्लिहवा, कुदान, रामग्राम, देवदह, कपिलवस्तु लगायतका समग्र पर्यटकीय, धार्मिक एवम् पुरातात्विक महत्वका स्थानहरुको पनि प्रवर्धन गरेको उल्लेख छ। यसैगरी छैठौं बुदामा भारतको बौद्ध पर्यटकिय स्थलहरु संग पनि सकारात्मक समन्वय कायम राख्ने बिश्वास लिएका छौं भन्ने उल्लेख छ।
विदेशी क्रेता ३६जना , स्वदेशी विदेशी विक्रेता ४४जना रहेको उक्त मार्टको भव्य समारोहकाबीच लुम्बिनीमा सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीले उद्घाटन गरको थिए। उक्त मार्टमा प्रदेश नं. ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी, पर्यटन मन्त्रालयका सचिव कृष्ण देवकोटा लगायतले मन्तब्य राखेका थिए।
मार्टले रुपन्देहीको लुम्बिनी र देवदह, कपिलवस्तुको तिलौराकोट, कुदान, सगरहवा र निग्लीहवा, नवलपरासीको रामग्राम सहितको आन्तरिक बुद्धिस्ट सर्किटको एकिकृत पर्यटन प्याकेज र रुपन्देही, कपिलवस्तु र नवलपरासीको बुद्धिस्ट सर्किट सहित भारतको बोधगया, राजगीर, सारनाथ र कुशिनगर जोडेर बाह्य सर्किट बनाउन सहयोग पुराएको स्थानिय कार्यक्रम संयोजक विष्ण शर्माले बताए।
मार्टको अवसमार लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेय शाक्यपुत्र, अन्तर्रा्ष्ट्रिय ट्राभल संघ फैथका आशिष गुप्ता, भिजिट नेपाल २०२० का राष्ट्रिय संयोजक सुरज वैद्य, अस्ट्रेलियन स्टेभ केइरियन्स, युनेस्को वल्र्ड हेरिटेजका माइकल टरटाइल, उत्फाका उपाध्यक्ष सिसिन गुरकन, नालन्दा विश्व विद्यालयका प्रोफेसर आर. पन्थ, नारायण प्रसाद रिजाल पुरातत्ववीद बसन्त बिडारी, लुम्बिनी बौद्ध विश्व विद्यालयका रजिस्ट्रार तिलक आचार्य लगायतले बौद्ध दर्शन र पर्यटनको विषयमा आ आफ्ना धारणा राखेका थिए ।
सो अवसरमा भैरहवाको होटल टाइगर प्यालेसमा स्टल राखेर स्वदेशी विक्रेता र विदेशी क्रेता बीच बिटूबी समेत भएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४