एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडसँग टोटनह्याम पराजित भएको छ । आइतबार राति भएको खेलमा टोटनह्याम युनाइटेडसँग १-० ले पराजित भएको हो ।
घरेलु टोली टोटनह्यामलाई पराजित गर्न युनाइटेडका लागि खेलको एक मात्र निर्णायक गोल मार्कुस रासफोर्डले गरेका थिए । उनले पहिलो हाफिको अन्तिम मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाए ।
निकै नै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलमा रासफोर्डले पल पोग्वाको लामो पासलाई नियन्त्रणमा लिदै गोल गर्न गरेका थिए । त्यसपछि दोस्रो हाफमा थप गोल हुन सकेनन् । अन्तरिम प्रशिक्षक ओले गनर सोल्सजर नियुक्त भएसँगै युनाइटेडको यो लगातार छैटौ जित हो ।
युनाइटेडले यसअघि कार्डिफ सिटी, हड्सफिल्ड, बर्नमाउथ, न्यु क्यासल र रेडिङलाई पराजित गरेको थियो । जितसँगै युनाइटेडले २२ खेलबाट ४१ अंक जोडेर पाँचौ स्थानमा रहेको आर्सनलसँगको अंक बराबरी गरेको छ ।
युनाइटेडसँग पराजित भएको टोटेनहम ४८ अंकसहति तेस्रो स्थानमा यथावत छ । प्रिमियर लिगकै अर्को खेलमा एभर्टनले बर्नमाउथमाथि २-० को सहज जित निकालेको छ । जितपछि एभर्टन २२ खेलबाट ३० अंक जोडेर १०औं स्थानमा उक्लिदाँ २७ अंक जोडेको बर्नमाउथ १२औं स्थानमा छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४