सोमबार, साउन १९, २०८२

वाइड बडीबारे देउवाले भने- 'म होइन ओली संलग्न छन्' 

 |  आइतबार, पुस १६, २०७४
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

vianetvianet
धनगढी- नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल वायुसेवा निगमको वाइड बडी विमान खरीद अनियमितता प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन्। 

धनगढी विमानस्थलमा आइतबार आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री देउवाले वाइड बडी विमान खरीद प्रकरणमा आफ्नो नाम जोडेर भ्रम सिर्जना गर्न खोजिएको दावी गरेका हुन् । देउवाले विमान खरीद प्रक्रियाका सबै महत्वपूर्ण निर्णय तत्कालीन केपी शर्मा ओली सरकारकै पालामा भएको उल्लेख गरेका छन् । 

उनले आफूलाई दोष लगाउन खोजिए पनि वाइडबडीबारे सबै महत्वपूर्ण निर्णय ओलीको पहिलो कार्यकालमै भएको जिकीर गरे । “मेरो पालामा वाइड बडी विमान खरिदबारे कुनै काम नै भएको छैन, मेरो कसरी संलग्नता भयो,” देउवाले प्रश्न गरे। 

वाइडबडी खरिदबारे निर्णय गरेको भनेर यसको घोटालामा पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाको समेत नाम जोडिएको थियो । यस विषयमा अहिलेसम्म मौन रहेका देउवाले पहिलो पटक गृह प्रदेश पुगेर मुख खोलेका हुन् । 

देउवाले आफ्नो संलग्नता नभइ प्रधानमन्त्री ओली नै यसमा दोषी रहेको बताएपछि यो विषय अझै पेचिलो बनेको छ । ओलीले यो काण्डमा जो कोही संलग्न भएपनि कारबाही गरि छाड्ने प्रतिवद्धता जनाएका थिए । तर, अर्का पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसबारे अहिलेसम्म मुख खोलेका छैनन् । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।