बुधबार, साउन १३, २०८३

नेविसंघमा राजीनामाको लहर, फेरि ४५ जनाले बुझाए

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौँ- नेपाल विद्यार्थी सङ्घ केन्द्रीय समितिका पदाधिकारीले धमाधम राजीनामा दिन थालेका छन् । 

सङ्घको समयमै महाधिवेशन नभएको भन्दै सहमहामन्त्रीद्वय ललिता सुनार र हरिहर शर्माले राजीनामा दिएका छन् । यस्तै केन्द्रीय सदस्य कल्पना खड्का, सुनिता अधिकारी, भोला नेपाल, पम्फा गान्धारी, शारदा लामा, लिखितेन्द्र श्रेष्ठ, दीपेशराज भण्डारीलगायत ४५ जनाले राजीनामा दिएका छन् । उनीहरुले नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समक्ष सामूहिक रुपमा राजीनामा पत्र बुझाएका हुन् । 

सङ्घका अध्यक्ष नैनसिंह महरले महाधिवेशन नगरी आफ्नो पदावधि मात्र लम्ब्याएको, क्याम्पसमा सङ्गठन निर्माण गर्न नसकेकोलगायत आरोप उनीहरुले लगाएका छन् । “जतिपटक म्याद थप गरे पनि महाधिवेशन गराउन नसक्ने ठान्दै सामूहिक राजीनामा दिएका हौँ,” सहमहामन्त्री शर्माले भने । महर नेतृत्वबाट महाधिवेशन सम्भव नभएपछि वर्तमान कार्यसमितिको औचित्य र सान्दर्भिकता सकिएकाले राजीनामा दिनुपरेको शर्माले बताए ।  

“विधानअनुसार तदर्थ समिति गठन गरी महाधिवेशन गर्नुपर्छ,” केन्द्रीय सदस्य कल्पना खड्काले भने । यसअघि सङ्घका नौ पदाधिकारीले राजीनामा दिएका थिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।