बुधबार, साउन १३, २०८३

बार्सिलोनाले इबरलाई हरायसँगै मेस्सीको नयाँ रेकर्ड

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
एजेन्सी- आइतबार राति भएको स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोनाले सहज जित निकालेको छ । घरेलु मैदानमा इबरलाई ३-० गोल अन्तरले पराजित गर्दै बार्सिलोनााले सहज जित निकालेको हो । 

बार्सिलोनाको जितका लागि लुइस स्वारेजले दुई र कप्तान लियोनल मेस्सीले एक गोल गरे । यस गोलसँगै मेस्सीको ला लिगामा ४ सय गोल पुरा गरेका छन् । उनले ४ सय ३५ खेल खेल्दै ४ सय गोल पुरा गरेका हुन् । यससँगै मेस्सी ला लिगामा ४ सय गोल गर्ने एक्लो खेलाडी बनेका छन् ।

खेलको १९ औं मिनेटमा बार्सिलोनाले सुरुवाती अग्रता लिएको थियो । बार्सिलानालाई सुरुवाती अग्रता भने स्वारेजले दिलाएका थिए । पहिलो हाफमा १-० ले अग्रता लिएको बार्सिलोनाले दोस्रो हाफमा थप दुई गोल गर्यो । 

५३ औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनाको अग्रता टोलीको अग्रता दोब्बर मात्र हैन्, आफ्नो ४ सयौं गालको आँकडा समेत पुरा गरे । खेलको ५९ औं मिनेटमा स्वारेजले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ३-० को जित दिलाए । 

जितसँगै बार्सिलोनाले लिगमा १९ खेल खेल्दै ४३ अंक जोडेको छ । यो दोस्रो स्थानको एथलेटि मड्रिडको भन्दा पाँच अंकले बढी हो । पराजित इबर २२ अंक जोडेर १६ औं स्थानमा छ । आइतबार राति एथलेटिकोले लेभान्टेलाई १-० गोल अन्तरले पराजित गरेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।