काठमाडौं- आज पुस २९ गते आइतबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस् नेपाल समय दिनभरी।
काठमाडौं उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ। उपत्यकासहित देशभर चिसो बढेको छ।
प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री बिजयकुमार यादवले सचिवमाथि कुटपिट गरेको विषयमा छानबिन गर्न प्रदेश सरकारले समिति गठन गरेको छ।
प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले सचिवमाथि हातपात गरेका छन्। मन्त्री यादवले उद्योग वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झामाथि हातपात गरेका हुन्।
०७१ भदौ २७ गते भैरहवा कैलाश पथका ३८ वर्षीय आकाश गुरुङको अपहरण भयो। अपहरणकारीले गुरुङका घरपरिवारसँग एक करोडभन्दा बढी रकम फिरौती माग गरेका थिए। परिवारलाई फिरौती रकम मागेर पनि उनीहरुले गुरुङलाई कहिले भैरहवाको चिल्ड्रेनपार्क त कहिले कता गराउँदै अन्तमा असोज १२ गते नवलपरासीमा लगेर हत्या गरे। उक्त घटनापछि भैरहवा क्षेत्र आतंकित बनेको थियो।
वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड सचिवालयमा सहुलियत ऋण लिने युवाको भीड लागेको छ। वैदेशिक रोजगारीबाट फर्किएका युवालाई सरकारले उपलब्ध गराउन लागेको सहुलियत ऋण लिन युवाहरू आकर्षित भएका हुन्। सरकारले यस्ता युवालाई बढीमा १० लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउन लागेको छ।
सिन्धुपाल्चोकको बाह्रबिसे प्राथमिक उपचार केन्द्रमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ। सुनकोसी इन्द्रावती समाजको आयोजनामा भएको शिविरमा एक हजार जनाको आँखा परीक्षण गरिएको थियो। तीमध्ये १ सय सातजनाको मोतीबिन्दुको सफल शल्यक्रिया गरिएको छ।
नेपाल स्टक एक्सचेञ्जमा माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको शेयर कारोवार सुरु भएको छ।
ललितपुरको फूलचोकी जंगल क्षेत्रमा फसेका १६ जना विद्यार्थीलाई प्रहरीले उद्धचार गरेको छ । गोदावरीबाट करिब १० किमि माथि फूलचोकीमा घुम्न गएका १२ जना युवक र ४ जना युवती ‘डेन्जर जोन’ फसेका थिए । उनीहरूलाई प्रहरीले सकुशल उद्धार गरेको हो ।
तदर्थ समिति तत्काल गठन गर्न माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विद्यार्थी भ्रातृ संगठन नेपाल विद्यार्थी संघका दुई सहमहामन्त्रीसहित ४५ केन्द्रीय सदस्यले आइतबार पदबाट राजीनामा दिएका छन् । सहमहामन्त्री हरिहर शर्मा र ललिता सुनारको नेतृत्वमा उनीहरूले पार्टी सभापति शेरबहादुर देउवालाई राजीनामा बुझाएका हुन् । यी सबै नेता रामचन्द्र पौडल निकटका मानिन्छन् । उनीहरूले संघको तदर्थ समितिको नेतृत्व आफूहरूले गर्न पाउनुपर्ने दाबी गरेका छन् ।
भैरहवाबाट पूर्वतर्फ गाडीमा हुइँकिरहने जोकोही पनि करिब ५ किलोमिटर दुरी यात्रा तय गरेपछि भैरहवा-परासी हुलाकी मार्गमा रोहिणी खोला लेखिएको बोर्ड देख्नेबित्तिकै ठक्क रोकिन पुग्दछ । सकेसम्म ऊ एकपटक गाडीबाट ओर्लिन्छ अनि दायाँबायाँ हेर्न थाल्छ ।
टोखा नगरपालिकालाई तीन वर्ष भित्र धुलोरहित बनाउने तयारी भएको छ । तीन वर्षपछि माक्स लगाउनु पर्ने अवस्थाको अन्त्य गर्ने नगरपालिकाको मेयर प्रकाश अधिकारीले घोषणा गरेका हुन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालू आर्थिक वर्षमा लेन अनुशासन पालना नगर्ने १४ हजार २३१ सवारी साधनका चालकलाई कारवाही गरेको छ ।
नवलपरासी पूर्वस्थित गैँडाकोटको विद्यालयमा छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।
चिकित्सा शिक्षा विद्येयक माफियामुखि भएको भन्दै डा गोविन्द केसी आमरण अनसनमा बसिरहेका बेला सरकारले सोहि विद्येयक संसदमा पेश गर्ने भएको छ।
शनिबार राति भएको लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सहज जित निकालेको छ । एमियन्सको घरेलु मैदानमा पीएसजीले ३-० को सहज जित निकालेको हो ।
संयुक्तराज्य अमेरिकाको सन् २०२० मा हुने राष्ट्रपतीय निर्वाचनका लागि पूर्व राष्ट्रपति बाराक ओबामाले टेक्सास राज्यको सान एन्टोनियो नगरका पूर्वप्रमुख जुलियन क्यास्ट्रोलाई समर्थन गरेका छन्।
लस भेगसमा भएको कन्जुमर इलेक्ट्रोनीक सो (सि इ एस २०१९) मा फ्रेन्च कम्पनी केयरले स्मार्ट ऐना सार्वजनिक गरेको छ। यो ऐनाले कुनै पनि ब्यक्तिलाई कस्तो हेयर स्टाइल र कुन रङ्गको केश सुहाउँछ भन्ने थाहा पाउन मद्दत गर्छ।
नेपाल टेलिकम ग्राहकहरुलाई विन्टर अफर प्याकेज उपलब्ध गराउने भएको छ। टेलिकमले एक विज्ञप्ति जारि गर्दै आइतबार उपभोक्ताका लागि छुट तथा सहुलियतसहितको प्याकेज अफर ल्याएको जानकारी गराएको हो।
धितोपत्र बजारमा साताको सुरु दिन आज सेयरको मूल्य घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक पाँच दशमलव ७८ विन्दुले घटेर एक हजार १७५ दशमलव शून्य पाँच विन्दुमा झरेको हो।
कोशी करिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत धरान उपमहानगरपालिको वडा नम्बर २० मा देखिएको समस्या पहिचान र समाधानका उपाय खोज्न कार्यदल गठन गरिएको छ।
सुन तस्करीमा वडाअध्यक्ष नै संलग्न रहेको भेटिएको छ ।
सिरहाको गोलबजार– ९ धुर्मीखोलानजिकबाट तस्करीको पौने दुई किलो सुनसँगै प्रहरीले लहान नगरपालिका– १९ का वडाध्यक्ष मोहम्मद हकिमलाई पक्राउ गरेको हो । उनीसहित सप्तरीका मोहम्मद अफरोज र मोहम्मद रहमान पक्राउ परेका छन् । उनीहरूको फोटोसमेत सार्वजनिक गरिएको छ ।
रुपन्देहीमा शनिबार राति गोली चलेको छ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका- १० शंकरपुरमा शनिबार राति प्रहरीको जवाफी कारबाहीमा एक जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा भारतीय नम्बरको मोटरसाइकलमा सवारी ३२ वर्षीय युवक रहेका छन्। उनको सनाखत हुन बाँकी छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४