बुधबार, असोज १, २०८२

रियलमी सि ७५ नेपाली बजारमा, यस्ता छन् विशेषता

 |  बिहीबार, चैत २१, २०८१
machha bankmachha bank

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २१, २०८१

vianetvianet

काठमाडौं-  स्मार्टफोन ब्रान्ड रियलमीले नयाँ रियलमी सि ७५ नेपालमा सार्वजनिक गरेको छ। यो फोन अत्यधिक मजबुत बनावट,उच्च प्रदर्शन र आधुनिक विशेषतासहितको रहेको कम्पनीको दाबी छ।

Kumaribank

आईपी ६९ प्रमाणीकरण प्राप्त सो स्मार्टफोन धुलो र पानी प्रतिरोधी रहेको कम्पनीले बताएको छ।आर्मरसियल ग्लासले यसलाई २६०% बढी ड्रप रेजिस्ट्यान्ट र ४००% बढी स्क्राच रेजिस्ट्यान्ट बनाइएको उल्लेख गर्दै कम्पनीले उक्त फोन एक्कासी खस्दा, कम्पन र चरम तापक्रमहरु हुँदा पनि सहन सक्षम रहेको दाबी गरेको छ।

उक्त फोनमा रहेको ६ हजार एमएएच ब्याट्रीले ५० घण्टाभन्दा बढी कल टाइम, १८ घण्टा भिडियो प्लेब्याक र ६० दिनको स्ट्यान्डबाई टाइम प्रदान गर्ने कम्पनीको भनाइ छ। यस्तै यसको ४५ वाटको फास्ट चार्जिङ प्रविधिले मात्र ३० मिनेटमै ५०% चार्ज गर्न सकिने कम्पनीले बताएको छ।

रियलमी सि ७५ ले मेडियाटेक हेलियो जि ९२ म्याक्स प्रोसेसर प्रयोग गरिएको छ जसले सहजै गेमिङ गर्न, छिटो एप चलाउन र सहज रूपमा अन्य धेरै कार्य गर्न मद्दत गर्छ। यसमा ८ गिगाबाइट डाइनामिक मेमोरीको साथमा १६ जिबीसम्म मेमोरी विस्तार गर्न सकिने विशेषता रहेको छ। १२८ जीबी र २५६ जीबी स्टोरेज अपसन रहेको यस स्मार्टफोनले माइक्रोएसडी कार्ड पनि समर्थन गर्दछ।

६.७२ इन्चको फुल एचडी डिस्प्ले सहितको रियलमी सि ७५ ले ९० हर्जको रिफ्रेस रेट प्रदान गर्छ जसले स्मूथ स्क्रोलिङ, जीवन्त कदरहरू र उत्कृष्ट भिजुअल अनुभव सुनिश्चित गर्छ। ६८० निट्सको उच्चतम ब्राइटनेसले प्रत्यक्ष घाममा पनि उत्कृष्ट डिस्प्ले प्रदान गर्छ।

Metro Mart

५० मेगापिक्सेलको एआई क्यामाराले उच्च–रेजोल्युसन, स्पष्ट र भाइब्रान्ट फोटोहरू प्रदान गर्दछ। एआई नाइट मोडले कम लाइटिङमा समेत उत्कृष्ट फोटोग्राफी अनुभव प्रदान गर्छ। ८ मेगापिक्सेलको एआई ब्युटी प्रन्ट क्यामाराले प्राकृतिक र उत्कृष्ट सेल्फीहरू खिच्न मद्दत गर्छ।

रियलमी सि ७५ का अन्य एआई फिचरले यस स्मार्टफोन प्रयोग गर्न बग्लै अनुभव प्रदान गर्दछ। एआई स्मार्ट लूपले ब्याकग्राउन्डमा चल्ने प्रक्रियाहरूलाई व्यवस्थापन गरेर ब्याट्री जीवनमा सुधार ल्याउँछ। एआई क्लियर फेसले भिडियो कलमा अनुहार अझ स्पष्ट देखाउँछ। एआई स्मार्ट मोसन जेस्चरको साथमा सामान्य हातको संकेतहरूबाट फोन नियन्त्रण गर्न सकिन्छ।

रियलमी सि७५ नेपालभरका सबै आधिकारिक रियलमी रिटेल स्टोरहरूमा उपलब्ध रहेको छ। यसको ८+१२८ जिबी भेरियन्टको २६ हजार ९९९ र ८+२५६ जिबी भेरियन्टको २९ हजार ९९९ रुपैयाँ मूल्य रहेको कम्पनीले बताएको छ।

प्रकाशित: Apr 03, 2025| 15:40 बिहीबार, चैत २१, २०८१
प्रतिक्रिया दिनुहोस्