बुधबार, पुस ९, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

 |  बिहीबार, चैत २१, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २१, २०८१

काठमाडौं- ग्राहकलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराइरहेको महालक्ष्मी विकास बैंक भारतको प्रतिष्ठित म्यागजिन 'विजनेश कनेक्ट'द्वारा ग्राहक केन्द्रित बैंकको अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ।

National life

निरन्तर रुपमा ग्राहक सेवालाई विशिष्टीकृत गर्दै लगेको, ग्राहक सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राखेको, ग्राहकलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध गराएको तथा ग्राहकलाई सुरक्षित र अत्याधुनिक डिजिटल सुविधा उपलब्ध गराउन बैंकले निर्वाह गरेको भूमिकाको मूल्याङकन गर्दै उक्त म्यागजिनले सम्मान गरेको हो।

विजनेश कनेक्ट म्यागजिन व्यवसायसँग सम्बन्धित विभिन्न नवप्रवर्तनशील विचार तथा प्रभावशाली व्यवसायिक व्यक्ति तथा संस्थाको कभर स्टोरीलाई प्राथिमकताका साथ प्रकाशन गर्दै आइरहेको छ। यस सम्मानको प्राप्ती सँगै ग्राहक सेवा प्रणालीलाई अझ प्रभावकारी बनाउँदै आगामी दिनहरुमा वित्तीय पहुँचबाट बाहिर रहेका आम नेपाली नागरिकलाई समेत बैंकिङ्ग प्रणालीभित्र ल्याउन सकिने तथा अन्तर्राष्ट्रिय क्षेत्रमा बैंकको पहिचान स्थापित गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।

बैंकले हालै ग्राहकलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको निति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै 'महालक्ष्मी स्मार्ट साथी' सञ्चालनमा ल्याएको छ।

प्रकाशित: Apr 03, 2025| 15:38 बिहीबार, चैत २१, २०८१
प्रतिक्रिया दिनुहोस्