बुधबार, साउन १३, २०८३

काठमाडौंसहित देशभर चिसो बढ्यो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं - काठमाडौं उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ। उपत्यकासहित देशभर चिसो बढेको छ। 

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आइतबार काठमाडौंको न्यूनतम तापक्रम २ दशमलब ९ डिग्री सेल्सियस मापन गरिएको छ। शनिबार काठमाडौंको न्यूनतम तापक्रम ४ दशमलब ४ डिग्री सेल्सियस थियो। 

मौसमविद् समीर श्रेष्ठका अनुसार रातको समयमा आकाश खुला भए तापक्रम घट्ने र बदली भए तापक्रम बढ्ने हुन्छ। ‘केही दिन तापक्रम घटबढ भइरहनेछ’, उनले भने। आंशिक प्रभावका कारणले देशको पूर्वी तथा मध्य भू–भागमा सामान्यदेखि पूर्णतया बद्ली भई केही क्षेत्रमा हल्का वर्षा हुने र उच्च हिमाली भू–भागमा हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। 

पश्चिमी क्षेत्रमा आंशिकरुपमा बद्ली भई एक/दुई स्थानमा क्षणिक वर्षाको सम्भावना छ। राति देशको पूर्वी भू–भागका केही स्थानमा तथा मध्यपहाडी भू–भागमा आंशिक बद्ली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। 

त्यस्तै सोमबार पूर्वी पहाडी भू–भागमा आंशिक बद्ली भई बाँकी भू–भागमा मौसम सफा रहनेछ। मङ्गलबार पूर्वी र मध्य पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।