बिहीबार, जेठ २२, २०८२

मुखियापट्टीमा अवैध रूपमा सञ्चालित एक दर्जन निजी विद्यालयमा तालाबन्दी

 |  बुधबार, चैत २०, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, चैत २०, २०८१

vianetvianet

धनुषा- धनुषाको मुखियापट्टी गाउँपालिकामा गैरकानुनी तथा अवैध रूपमा विनादर्ता सञ्चालनमा रहेका एक दर्जन निजी विद्यालयलाई बन्द गराइएको छ। 

पटकपटक सूचना जारी गरे पनि दर्ता प्रक्रियामा नगएको तथा अटेर गरेकाले विनादर्ता सञ्चालनमा रहेका निजी विद्यालयलाई बाध्य भएर बन्द गर्नुपरेको गाउँपालिका अध्यक्ष जयकुमार यादवले जानकारी दिए।

न्यु स्काई, तराई चाइल्ड डेभलपमेन्ट, गंगालाल शिशु पाठशालालगायत एक दर्जन निजी विद्यालय बन्द गराइएको उनले जानकारी दिए। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार आधारभूत तथा माध्यमिक तहसम्मको शिक्षा सञ्चालन एवं व्यवस्थापन गर्न अधिकार स्थानीय तहलाई रहेको छ।

सोहीअनुरूप शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले आफ्नो पालिकाले कारबाही प्रक्रिया अगाडि बढाइएको उनको भनाइ छ। पालिका अध्यक्ष यादवले गैरकानुनी रूपमा सञ्चालनमा रहेका विद्यालयमा आफ्ना बालबालिकालाई अध्ययनका लागि भर्ना नगर्न अभिभावकलाई आग्रह गरे। साथै उनले विद्यालय सञ्चालकलाई कानुनी प्रक्रिया तथा मापदण्डअनुसार दर्ता गरी विद्यालय सञ्चालन गर्नका लागि निर्देशन गरे।

प्रकाशित: Apr 02, 2025| 15:28 बुधबार, चैत २०, २०८१
प्रतिक्रिया दिनुहोस्