मंगलबार, चैत २४, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • लिग विजेता मनाङ पुलिससँग पराजित हुदै खप्तड गोल्डकपबाट बाहिरियो 

लिग विजेता मनाङ पुलिससँग पराजित हुदै खप्तड गोल्डकपबाट बाहिरियो 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
धनगढी- तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रित सुदुरपश्चिम खप्तड गोल्ड कपमा विभागिय टोलि नेपाल पुलिस क्लबले लिग विजेता मनाङ मस्र्याङ्दी क्लबलाई पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । 

धनगढी रंगशालामा शनिबार दिउँसो भएको खेलमा विभागिय टोलि पुलिसले मनाङलाई १-० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । पहिलो हाफ गोल रहित बराबरीखेलेको खेलको दोस्रो हाफमा एक गोल भएको थियो । 

खेलको एक मात्र उक्त निर्णायक गोल पुलिसक लागि निर कुमार राईले गरे । उनले तेज तामाङको कर्नरमा रिबाउन्ड भएको बललाई पेनाल्टी क्षेत्रभित्रबाट शक्तिशाली भली प्रहार गर्दै गोल गरे । 

निकै प्रतिस्पर्धात्मक खेलको ११ औं मिनेटमा हेमन गुरुङले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रहारलाई पुलिसका गोलरक्षक शत्रुघन चौधरीले दोस्रो प्रयासमा नियन्त्रण गरे । खेलको २८ औं मिनेटमा मनाङका ओलावलेले गरेको प्रहार पुलिसका डिफेन्डरबाट फर्केको बलमा कप्तान बिशल राईले गरेको प्रहार करसर बार माथिबाट बाहिरीएको थियो । 

त्यसको लगत्तै पुलिसका तिर्थ रानाले गरेको प्रहार क्रसबारमा लागेर फर्कंदा पुलिस अग्रता लिनबाट बञ्चित भयो । ४० औं मिनेटमा मनाङका सुशील लामाको पासमा ओलावालेको हेडर प्रहार सत्रुघन चौधरीले बचए । 

त्यस्तै खेलको ५१ औं मिनेटमा पुलिसका हेम तामाङको प्रहरले दिशा लिन सकेन । ७२ औं मिनेटमा मनाङका गोलरक्षक बिशाल अगाडी बढेको अवस्थामा पाएको अवसरलाई तिर्थ रानाले सदुपयोग गर्न सकेनन् । 

८०औं मिनेटमा अब्दुकरिमले डि बक्स भोत्र पाएको माका खेर फाले । यस जितसँगै पुलिसले प्रतियोगिताको सेमिफाइनलमा स्थान पक्का गरेको छ । पुलिसले अब सेमिफाइनलमा सीएमजी संकटा र क्यामरुनको धाउफिन्स एफसीको विजेतासँग खेल्नेछ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।