बिहीबार, असार ४, २०८३

मार्चमा आए एक लाख २८ हजार पर्यटक

 |  मंगलबार, चैत १९, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १९, २०८१

काठमाडौं- सन् २०२५ को तेस्रो महिना मार्चमा १ लाख २१ हजार ६ सय ८७ जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन्।

National life

यो २०२४ को मार्चको तुलनामा ५.१ प्रतिशत कम हो। अघिल्लो वर्ष मार्चमा १ लाख २८ हजार १ सय ७१ पर्यटक आएको बोर्डको तथ्यांक छ। 

नेपाल पर्यटन बोर्डका अनुसार मार्चमा दक्षिण एसियाली देशबाट मार्चमा ३५ हजार २ सय ८७ पर्यटक आएका छन्। अघिल्लो वर्ष ४० हजार ७ सय २७ जना आएका थिए।

युरोपबाट हुने आगमन पनि यो महिना १०.५ प्रतिशतले खस्किएको छ। मध्यपूर्वबाट आउने पर्यटक संख्यामा भने ७९ प्रतिशतको बढोत्तरी देखिएको छ। अमेरिकी पर्यटक आगमनमा समेत सामान्य सुधार देखिएको छ।

मार्चमा सबैभन्दा धेरै २१ हजार ४ सय १२ भारतीय पर्यटक आउँदा दोस्रो नम्बरमा चिनियाँ छन्। यो महिना ११ हजार ४ सय ४३ चिनियाँ आएका छन्। अमेरिकी पर्यटक तेस्रो स्थानमा छन्। यो महिनामा ११ हजार ९२ जना अमेरिकी आएका छन्।

Shivam cement

चौथोमा श्रीलंकन देखिएका छन्। श्रीलंकाबाट ८ हजार ८ सय ८६ पर्यटक नेपाल आएका छन्। पाँचौं स्थानमा बेलायतबाट ५ हजार ९ सय ९५ जना आएका छन्।

भारतीय पर्यटक नेपाल आएका छन् । मार्च २०२४ मा ३० हजार ६ सय ९८ आएका थिए ।

यो वर्षको पहिलो तीन महिनामा झन्डै ३ लाख पर्यटक नेपाल आएको देखिएको छ।

प्रकाशित: Apr 01, 2025| 19:13 मंगलबार, चैत १९, २०८१
प्रतिक्रिया दिनुहोस्