सोमबार, वैशाख ८, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • कीर्तिपुर क्रिकेट मैदान निर्माणमा मन्त्री सिंहको ताकेता, सिंहदरबारबाट दैनिक अनुगमन गर्ने

कीर्तिपुर क्रिकेट मैदान निर्माणमा मन्त्री सिंहको ताकेता, सिंहदरबारबाट दैनिक अनुगमन गर्ने

 |  मंगलबार, चैत १९, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १९, २०८१

vianetvianet

काठमाडौं- प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हालेका उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले कीर्तिपुरमा निर्माणाधीन ‘क्रिकेट स्टेडियम’ को सिंहदरबारस्थित आफ्नै कार्यकक्षबाट निरीक्षण गरेका छन्।

triton college

सहरी विकास मन्त्रालयको सिंहदरबारस्थित कार्यकक्षबाटै उनले आगामी दिनमा दैनिक नियमित निरीक्षण गर्नेछन्। समयमै काम सक्न आठ घण्टाका दरले अहिले तिन सिफ्टमा काम पनि भइरहेको छ ।

उपप्रधानमन्त्री सिंहले निर्धारित समयमै सक्नेगरी काम गर्ने व्यवस्था मिलाउन र कामको गति बढाउनुपर्नेमा जोड दिएका छन्। सहरी विकास मन्त्रालय अन्तर्गतको सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयबाट कीर्तिपुर क्रिकेट मैदानमा अन्तरराष्ट्रिय मापदण्डअनुरूप प्याराफिट निर्माण र फ्लडलाइट जडान गत फागुनमा सम्झौता भई आगामी वैशाख २४ गतेभित्र सम्पन्न गर्नेगरी काम भइरहेको छ ।

सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले निर्धारित समयमै निर्माण सक्नेगरी काम भइरहेको र अब नियमित रूपमा मन्त्रालयबाटै निरीक्षणको व्यवस्था मिलाइएको बताए। “आजदेखि मन्त्रीज्यूले मन्त्रालयबाटै कीर्तिपुरमा भइरहेको कामको निरीक्षण गर्नुहुनेछ”, उनले भने, “निर्धारित समयमै काम सक्नका लागि उहाँको चासो छ ।” 

गत चैत ७ गते उपप्रधानमन्त्री सिंहले कीर्तिपुर पुगेरै निर्माण कार्यको निरीक्षण गरेका थिए। आगामी वैशाख २४ गतेभित्रै कीर्तिपुर मैदानमा १० हजार क्षमताको प्याराफिट निर्माण सम्पन्न गर्नेगरी मन्त्रालयले काम गरिररहेको छ ।

National life insurance

प्रकाशित: Apr 01, 2025| 19:05 मंगलबार, चैत १९, २०८१
प्रतिक्रिया दिनुहोस्