काठमाडौं- केही समययता सुनको मूल्य निरन्तर बढिरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य कीर्तिमानी बिन्दुमा पुगेको छ।
हिजोको तुलनामा आज मंगलबार छापावाल सुनको मूल्य १ हजार ८०० रुपैयाँ बढेर तोलामा १ लाख ७९ हजार ७०० रुपैयाँ कायम भएको हो।
हिजो १ लाख ७७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।