बुधबार, साउन १३, २०८३

१३ सय जनाको निःशुल्क उपचार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं - सिन्धुपाल्चोकको बाह्रबिसे प्राथमिक उपचार केन्द्रमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ। सुनकोसी इन्द्रावती समाजको आयोजनामा भएको शिविरमा एक हजार जनाको आँखा परीक्षण गरिएको थियो। तीमध्ये १ सय सातजनाको मोतीबिन्दुको सफल शल्यक्रिया गरिएको छ।

यसैगरी दुई ८१ जनाको दाँतको परीक्षण र उपचार गरिएको समाजका उपाध्यक्ष भरतप्रसाद कोइरालाले बताए। आँखा परीक्षणमा बिपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रका डा. प्रताप कार्कीलगायतको टोली संलग्न थियो। दन्त परीक्षणमा सगरमाथा हेल्थ फाउन्डेसनले सहयोग गरेको थियो।

शिविरमा भोटेकोसी पावर कम्पनी, बाह्रबिसे नगरपालिका, नेपाल रेडक्रस सोसाइटी, शारदा मावि प्राथमिक उपचार केन्द्रले सहयोग गरेको थियो। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।