सोमबार, चैत २, २०८२

अमेरिकी राष्ट्रपतिका लागि क्यास्ट्रोको दाबी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
सान एन्टोनियो - संयुक्तराज्य अमेरिकाको सन् २०२० मा हुने राष्ट्रपतीय निर्वाचनका लागि पूर्व राष्ट्रपति बाराक ओबामाले टेक्सास राज्यको सान एन्टोनियो नगरका पूर्वप्रमुख जुलियन क्यास्ट्रोलाई समर्थन गरेका छन्।  

आफ्नो मन्त्रिपरिषद्का सदस्य समेत रहेका क्यास्ट्रो अमेरिकाको पहिलो स्पेन भाषी राष्ट्रपति समेत हुनसक्ने अनुमान गरिएको छ। 

अमेरिकामा सन् २०२० मा हुने राष्ट्रपतिमा उम्मेदवार हुन चाहनेहरुले नाम घोषणा गर्नेक्रम सुरु भएको छ। यसक्रममा डमोक्र्याटिक पार्टीबाट दर्जनौं नेताले उम्मेदवारी घोषणा गरिसकेका छन्। 

आप्रवासन र सीमा सुरक्षाका विषयमा आक्रामक छलफलहरु भइरहेका बेला देशको विविधतालाई ख्याल गर्नुपर्ने क्यास्ट्रो पक्षधरको भनाइ छ। 

सान एन्टोनियोको ऐतिहासिक ग्वाडालुप प्लाजामा ठूलो भिडका बीचमा ४४ वर्षीय क्यास्ट्रोले भने, ‘म अमेरिकाको राष्ट्रपतिका लागि उम्मेदवार बन्न चाहन्छु।’ 

मेक्सिकोबाट अमेरिका आएको परिवारका सदस्य क्यास्ट्रोले आफ्नो मन्तव्यमा आप्रवासीहरुको परम्परा तथा मर्मका बारेमा धाराप्रवाह बोलेका थिए। 

क्यास्ट्रोलाई डेमोक्र्याटिक पार्टीमा उदाउँदो ताराका रुपमा चिनिन्छ। उनी ओबामा मन्त्रिपरिषद्को सबैभन्दा कान्छो सदस्य थिए। 

आगामी निर्वाचनमा राष्ट्रपतिको अर्का उम्मेदवार वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प नै हुने देखिएकाले क्यास्ट्रोले ट्रम्पलाई चुनौती दिन सजिलो हुने दाबी गरिएको छ। 

ट्रम्पले मेक्सिकोसँगको सिमानामा पर्खाल लगाउने मुख्य एजेण्डा बनाएकाले पनि मेक्सिकोबाट आएका क्यास्ट्रो उनका लागि गतिलो प्रतिस्पर्धी हुने ठानिएको समाचारमा उल्लेख छ। 

तर, डेमोक्र्याटिक पार्टीको “प्राइमरी”मा पूर्व उपराष्ट्रपति जो बाइडेन, सिनेटर एलिजाबेथ वारेन, बर्नी स्यान्डर्स तथा कमला ह्यारिस र अर्बपति व्यापारी माइकल ब्लूमबर्ग पनि दौडमा छन्। हवाई राज्यकी तुल्सी गब्बार्डले पनि चुनावी प्रतिस्पर्धामा भाग लिने बताइसकेकी छन्। रासस/एएफपी
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।