मंगलबार, साउन १९, २०८३

मिश्र र राणालाई पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

 |  आइतबार, चैत १७, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, चैत १७, २०८१

काठमाडौं- जिल्ला अदालत काठमाडौंले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवलशमशेर जबरा र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई पाँच दिन थुनामा राख्न अनुमति दिएको छ।

अदालतले दिएको अनुमतिअनुसार प्रहरीले अब उनीहरुलाई मंगलबारसम्म थुनामा राख्न पाउनेछ।

उनीहरू पक्राउ परेको दिनदेखि नै त्यो अवधि गणना हुनेछ। गत शुक्रबारको प्रदर्शन हिंसात्मक भएर दुई जनाको ज्यान गएपछि शुक्रबार राति उनीहरु समातिएका हुन्।

मिश्र र राणासहित तीनकुने घटनामा पक्राउ परेका ३० जनालाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । 

प्रकाशित: Mar 30, 2025| 18:47 आइतबार, चैत १७, २०८१
प्रतिक्रिया दिनुहोस्