मंगलबार, साउन १९, २०८३

रवीन्द्र मिश्रलाई हत्कडी लगाएर अदालत लगियो

 |  आइतबार, चैत १७, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, चैत १७, २०८१

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई म्याद थपका लागि सरकारी वकिलको कार्यालयमा लगिएको छ। उनलाई प्रहरीले हत्कडीसहित जिल्ला सरकारी वकिलको कार्यालय पुर्‍याएको हो।

गत शुक्रबार राति पक्राउ परेका उनलाई आज कार्यालय समय सकिने बेला म्याद थपका लागि सरकारी वकिलको कार्यालय लगिएको हो। उनलाई आजै अदालत लगिनेछ।

तीनकुनेमा हिंसा भड्काउन भूमिका खेलेको आरोपमा प्रहरीले मिश्रलाई पक्राउ गरेको थियो।

मिश्रसहित राप्रपाका सांसद धवल शमशेर राणालगायतलाई पनि म्याद थपिँदैछ।

प्रकाशित: Mar 30, 2025| 17:33 आइतबार, चैत १७, २०८१
प्रतिक्रिया दिनुहोस्