बुधबार, पुस ९, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • यौनिक अल्पसंख्यकको बारेमा बोलेका दुर्गा प्रसाईंविरुद्ध उजुरी

यौनिक अल्पसंख्यकको बारेमा बोलेका दुर्गा प्रसाईंविरुद्ध उजुरी

 |  आइतबार, चैत १७, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, चैत १७, २०८१

काठमाडौं- राजावादी आन्दोलनका कमान्डर दुर्गा प्रसाईंविरुद्ध नेपाल प्रहरीको साइबर ब्यूरोमा अर्को उजुरी परेको छ।

National life

अधिकारकर्मी टिकाराम भुसालले उजुरी दिएका हुन्। प्रसाईंले यौनिक तथा अल्पसंख्यक समुदाय लक्षित भ्रामक र झुटो विवरण प्रस्तुत गरेको दाबी गरिएको छ।

यसअघि यही विषयमा सुनिलबाबु पन्तले समेत उजुरी दिएका छन्। प्रसाईंले यौनिक तथा अल्पसंख्यक समुदाय लक्षित घृणा फैलाउने अभिव्यक्ति दिएको उजुरीमा उल्लेख छ।

प्रसाईंकै कमान्डमा शुक्रबार भएको राजावादीहरूको प्रदर्शनमा तोडफोड र आगजनी भएर दुई जनाको मृत्यु भएपछि उनी फरार छन्।

प्रकाशित: Mar 30, 2025| 16:51 आइतबार, चैत १७, २०८१
प्रतिक्रिया दिनुहोस्