सोमबार, चैत २५, २०८१

आँबुखैरेनीका तीन सडक धमाधम स्तरोन्नति हुँदै

 |  आइतबार, चैत १७, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, चैत १७, २०८१

vianetvianet

तनहुँ- आँबुखैरेनी गाउँपालिकाका मा तीन वटा ग्रामीण सडकको धमाधम स्तरोन्नतिको भइरहेको छ। तीनवटै सडकको काम अन्तिम चरणमा पुगेको छ।

triton college

आँबुखैरेनी गाउँपालिका-५ स्थित भकुण्डी-बरालुङबेँसी सडक, सोही वडाको लाब्दी घुमाउने सडक, आँबुखैरेनी गाउँपालिका-३ स्थित आँबु सडकको काम अन्तिम चरणमा पुगेको हो।

ती सडक ९१ लाख ३८ हजार २ सय १२ रुपैयाँ विनियोजन गरेर काम थालिएको गाउँपालिकाका योजना शाखा प्रमुख उमाकान्त पौडेलले जानकारी दिए।

भकुण्डी-बरालुङबेँसी सडकका निम्ति स्थानीयले एक लाख ६३ हजार ८ सय २४ रुपैयाँ योगदान गरेका छन्। आगामी असार १५ गतेभित्र काम सम्पन्न गर्ने लक्ष्य छ। 

लाब्दी-घुमाउने सडकमा स्थानीयले  सात लाख ७५ हजार ६५७ योगदान गरेका उनले जानकारी दिए।

यसैगरी आँबु मार्गको स्तरोन्नति पाँच लाख ३४ हजार ३ सय ८८ रुपैयाँको लागतमा जारी छ। यो बाटोमा स्थानीयले ५४ हजार ३ सय ८८ रुपैयाँको योगदान गरेका छन्। रासस

प्रकाशित: Mar 30, 2025| 17:31 आइतबार, चैत १७, २०८१
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्