बुधबार, पुस ९, २०८२

ताप्लेजुङमा आगलागीका घटना बढ्दै

 |  आइतबार, चैत १७, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, चैत १७, २०८१

ताप्लेजुङ- जिल्लामा पछिल्लो समय आगलागीका घटना बढिरहेका छन्। विशेष गरी सुक्खायाम सुरु भएसँगै आगलागीको जोखिम उच्च बनेको हो।

National life

गत आइतबार मेरिङ्देन गाउँपालिका-५ सिङ्थाप गाउँमा दिउँसो ३ बजे सन्तोष तामाङको घरमा आगलागी भयो। केहीबेरमा घर जलेर पूर्णरूपमा नष्ट भएपछि तामाङ परिवार विस्थापित हुनुपर्‍यो। यस घटनाबाट करिब ६ लाख रूपैयाँ बराबरको क्षति भएको छ।

यसैगरी, मंगलबार आठराई त्रिवेणी गाउँपालिका-२ फूलबारी चोकपुर गाउँका लालबहादुर कालीकोटेको घरमा आगलागी हुँदा उनको परिवार पनि विस्थापित भयो। अघिल्लो आइतबार फुङ्लिङ नगरपालिका-३ साउनेपानी गाउँमा प्रेम निरौलाको घरमा आगलागी भयो। नगरपालिकाले दमकलको सहयोगमा आगो नियन्त्रणमा लिए पनि उक्त घटनाबाट चार लाख रूपैयाँ बराबरको क्षति भएको नगर कार्यालयले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षको साउनदेखि फागुन १६ गतेसम्म १५ स्थानमा आगलागीका घटना भएका छन्। ती घटनामा ११ घर पूर्ण रूपमा जलेका छन् भने ११ परिवार विस्थापित भएका छन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विवेक बस्नेतका अनुसार एक घटनामा श्रीमान्-श्रीमतीबीचको झगडाका कारण आगलागी हुँदा पाँच लाख रूपैयाँ बराबरको क्षति पुगेको छ। त्यस्तै, चारवटा पुलमा आगलागीबाट क्षति पुगेको छ। उनले चालु आवको नौ महिनामा आगलागीबाट ५७ लाख ९५ हजार रूपैयाँ बराबरको क्षति भएको जानकारी दिए। 

Laxmi sunrise bank
kumari

गत आवमा आगलागीका कारण जिल्लामा ३२ घर जलेर नष्ट भएका थिए भने एक हजार ५ सय ६० रोपनी वन क्षेत्र नष्ट भएको थियो। आगलागीका घटनाले जनधनको मात्र होइन, वन सम्पदा, वन्यजन्तु, पूर्वाधारलगायत संरचनामा गम्भीर क्षति पुर्‍याउने भन्दै सावधानी अपनाउन जिल्ला प्रहरी कार्यालयले सबैलाई अनुरोध गरेको छ। रासस

प्रकाशित: Mar 30, 2025| 19:01 आइतबार, चैत १७, २०८१
प्रतिक्रिया दिनुहोस्