एजेन्सी- अर्जेन्टिनाका लेजेन्ड ताथ पुर्व स्टार खेलाडी डिएगो म्याराडोना अस्पताल भर्ना भएका छन् । ५८ वर्षे म्याराडोना शल्यक्रियाका लागि अर्जेन्टिनाको राजधानीमा ब्युनोस आयर्सको एक अस्पतालमा भर्ना भएका हुन् ।
जनवरीको शुरुमा म्याराडोनाको स्वास्थ्यमा समस्या देखिएको थियो । समाचार संस्था रोयटर्सका अनुसार पेटभित्र रक्तश्राव भएको र त्यसको समाधानका लागि शल्यक्रिया गर्न लागिएको अन्तराष्ट्रिय समाचार संस्थाले जनाएको छ ।
तर, म्यारोडोनाको स्वास्थ्य स्थित जटिल भने नरहेको रोयटर्सले जनाएको छ । म्यारोडोना दुई साता अघि मात्र अस्पतालबाट घर फर्किएका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४