बुधबार, पुस ९, २०८२

नेप्से २९.८२ अंकले बढ्यो

 |  आइतबार, चैत १७, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, चैत १७, २०८१

काठमाडौं- साताको पहिलो कारोबार दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक २९.८२ अंकले बढेको छ। एक दशमलव ११ प्रतिशतले बढेर २६९३.१२ विन्दुमा उक्लिएको छ।

National life

आज २२२ वटा कम्पनीको सेयर मूल्य बढ्यो भने २२ कम्पनीको घट्यो। कुल ७६ हजार ३५४ पटकको सेयर किनबेचबाट ७ अर्ब ५६ करोड ८२ लाख २६ हजार रुपैयाँको कारोबार भएको छ।

आज १ करोड ५५ लाख ७२ हजार ८६२ कित्ता सेयर किनबेच भएको छ।

जोशी हाइड्रोपावर, दोर्दीखोला जलविद्युत, कुमारी सबल योजना, तेह्रथुम पावर कम्पनी र गुँरास लघुवित्तको सेयर मूल्य बढ्यो। प्रभु स्मार्ट फन्ड, सामुदायिक लघुवित्त, कुथेली बुखारी स्मल हाइड्रोपावर, सयपत्री हाइड्रोपावर र बोटलर्स नेपाल (बालाजु)को सेयर मूल्य घटेको छ।

प्रकाशित: Mar 30, 2025| 16:08 आइतबार, चैत १७, २०८१
प्रतिक्रिया दिनुहोस्