मंगलबार, साउन १९, २०८३

जनकपुरमा झडप, अश्रुग्यास प्रहार

 |  आइतबार, चैत १७, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, चैत १७, २०८१

धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्धीमा युवक हत्याको विरोधमा प्रदर्शन भएको छ। विरोधमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप भएको छ।

जनकपुरधाम–भिठामोड सडक खण्ड अवरुद्ध गर्दै प्रदर्शन गरिरहेका स्थानीयलाई प्रहरीले लाठीचार्ज गरेपछि झडप भएको हो।

झडपका क्रममा एक दर्जनभन्दा बढी स्थानीय र केही प्रहरी घाइते भएका छन्। स्थिति नियन्त्रणमा लिन प्रहरीले एक दर्जन सेल अश्रुग्यास प्रहार गरेको छ।

होलीको दिन बिन्धीमा चक्कु प्रहार गरी १७ वर्षीय आशु यादवको हत्या गरिएको थियो। घटनामा संलग्न भनिएका एक युवक पक्राउ परे पनि ६ जना फरार छन्।

हत्यामा संलग्न अरू व्यक्तिलाई प्रहरीले पक्राउ नगरेको भन्दै स्थानीय आन्दोलित बनेका हुन्। उनीहरूले आज बिहानैदेखि सडक अवरुद्ध गर्दै प्रदर्शन गरेका थिए।

प्रकाशित: Mar 30, 2025| 16:04 आइतबार, चैत १७, २०८१
प्रतिक्रिया दिनुहोस्