मंगलबार, साउन १९, २०८३

फरार दुर्गा प्रसाईंले के भने भिडियो सन्देशमा ?

 |  आइतबार, चैत १७, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, चैत १७, २०८१

काठमाडौं- गत शुक्रबार तीनकुने क्षेत्रमा भएको आन्दोलनका कमान्डर दुर्गा प्रसाईंले आफू नभागेको अभिव्यक्ति दिएका छन्।

आइतबार फेसबुक लाइभमा आएर उनले आफूलाई देख्नेबित्तिकै गोली हान्ने प्रधानमन्त्रीको निर्देशन भएको हुँदा सुरक्षित बसेको बताएका हुन्।

आफूलाई मार्ने योजना बुनेको थाहा पाएपछि शुक्रबार प्रहरी घेरा तोडेर ज्यान जोगाएको स्पष्टीकरण उनले दिएका छन्। शुक्रबार तीनकुनेमा भएको प्रदर्शनका क्रममा प्रसाईंले प्रहरीको घेरालाई गाडीले पेल्दै अघि बढेका थिए। सो क्रममा उनले अश्लील शब्द पनि प्रयोग गरेका थिए।

‘म आफू सुरक्षित हुन सुरक्षाकर्मीको घेरा तोडेको हुँ। तपाईंहरूप्रति लक्षित दुष्मनी होइन। तपाईंहरूलाई पर्न गएको चोटप्रति क्षमा चाहन्छु,’ प्रसाईंले भनेका छन्। 

‘मेरो कानको छेवैबाट गोली गयो। मैले कुरो बुझिसकेपछि मेरै गाडीमा अश्रुग्यास उत्रिएपछि यस्तो भएको हो,’ प्रसाईंले भिडियोमा भनेका छन्, ‘मलाई मार्ने योजना बुनेको थाहा पाएपछि प्रहरीको घेरा तोडेको हुँ।’

उनी प्रहरीको फरार सूचीमा छन्। प्रदर्शनमा सहभागी राप्रपाका नेताहरु रविन्द्र मिश्र र धवलशमशेर राणासहित करिब सय जना प्रहरी नियन्त्रणमा छन्।

प्रकाशित: Mar 30, 2025| 13:45 आइतबार, चैत १७, २०८१
प्रतिक्रिया दिनुहोस्