सोमबार, असार ८, २०८३

जगमान गुरुङ तोकिए राजावादी आन्दोलनको अगुवा

 |  आइतबार, चैत १७, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, चैत १७, २०८१

काठमाडौं- संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले जगमान गुरुङलाई आन्दोलनको नेतृत्वकर्ता तोकेका छन्।

National life

आइतबार विज्ञप्ति जारी गर्दै उनले भनेका छन्-
सरकारले मलाई नजरबन्दमा राखेको हुनाले मेरो अनुपस्थितिमा संयुक्त जनआन्दोलनको नेतृत्व नेपाल ऋषि जगमान गुरुङले गर्नु हुनेछ। आन्दोलन निरन्तर राख्न सम्बन्धित सबै दल र संघसंस्थालाई सहयोग गर्न आह्वान गर्दछु।

शुक्रबारको हिंसात्मक प्रदर्शनपछि ८६ वर्षीय सुवेदीलाई सरकारले घरमै नजरबन्दमा राखेको छ। साथै राप्रपाका केही नेतासहित अरु थुप्रै पक्राउ परेका छन्।

व्यवसायी दुर्गा प्रसाईंले अगुवाइ गरेर चैत ४ गते राष्ट्रिय पञ्चायतका पूर्व अध्यक्ष राप्रपाका नेता नवराज सुवेदीको नेतृत्वमा राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति गठन गरिएको थियो। सुवेदीले उनै प्रसाईंलाई जनआन्दोलन समितिको कमान्डर पनि घोषणा गरेका थिए।

शुक्रबार राजावादीहरूको प्रदर्शन हिंस्रक बनेको थियो। प्रदर्शनका क्रममा एक सञ्चारकर्मीसहित दुई जनाको मृत्यु भएको थियो। साथै दर्जनौं गाडीमा आगजनी र व्यक्तिगत तथा सरकारी सम्पत्तिमा समेत आगजनी भएको थियो।

Shivam cement

प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणासहित दर्जनौंलाई पक्राउ गरेको छ। संयोजक सुवेदीलाई घरमै नजरबन्दमा राखिएको छ। प्रसाईं भने फरार छन्।

प्रकाशित: Mar 30, 2025| 13:40 आइतबार, चैत १७, २०८१
प्रतिक्रिया दिनुहोस्