बिहीबार, असार ४, २०८३

प्रहरीले भन्यो- तीनकुने घटनाबारे सूचना छ भने दिनुहोला

 |  आइतबार, चैत १७, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, चैत १७, २०८१

काठमाडौं- काठमाडौंको तीनकुनेमा शुक्रबार भएको घटनाबारे अनुसन्धान गर्न नेपाल प्रहरीले सूचना माग गरेको छ।

National life

आइतबार सामाजिक सञ्जालबाट प्रहरीले तीनकुनेको हिंसात्मक घटनाबारे उपलब्ध सूचनाको माग गरेको हो।

प्रहरीले फोटो, भिडियो वा संलग्न व्यक्तिको विवरण उपलब्ध गराउन आग्रह गरेको छ। सूचना र सूचनाकर्ताको गोपनीयता कायम राखिने पनि प्रहरीले जनाएको छ।

‘मिति २०८१ चैत १५ गते काठमाडौंको तीनकुने, कोटेश्वर, सिनामंगल, जडिबुटी लगायतका विभिन्न क्षेत्रहरुमा निजी सम्पत्ति, प्रहरी कार्यालय, संचार गृह, राजनैतिक दलका कार्यालय, व्यापारिक केन्द्र लगायत नीजि तथा सरकारी सवारी साधनहरुमा तोडफोड, आगजनी, लुटपाट एवं अन्य गैरकानुनी अपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूका सम्बन्धमा अनुसन्धानको प्रमाण संकलनका लागि यहाँहरुसँग भएका तथ्यपरक सूचना (फोटो, भिडियो, संलग्न व्यक्तिको विवरण) उपलब्ध गरी अनुसन्धानमा सहयोग गरिदिनु हुन अनुरोध छ,’ सूचनामा भनिएको छ।

फोटो, भिडियो वा संलग्न व्यक्तिको विवरण nepalpoliceinfo@gmail.com मा पठाउन सकिनेछ।

Shivam cement

प्रकाशित: Mar 30, 2025| 13:21 आइतबार, चैत १७, २०८१
प्रतिक्रिया दिनुहोस्