बुधबार, साउन १३, २०८३

फूलचोकी डेन्जर जोनबाट १६ जनाको उद्धार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौंः ललितपुरको फूलचोकी जंगल क्षेत्रमा फसेका १६ जना विद्यार्थीलाई प्रहरीले उद्धचार गरेको छ । गोदावरीबाट करिब १० किमि माथि फूलचोकीमा घुम्न गएका १२ जना युवक र ४ जना युवती ‘डेन्जर जोन’ फसेका थिए  । उनीहरूलाई प्रहरीले सकुशल उद्धार गरेको हो ।

फूलचोकी घुम्न जाने पर्यटकलाई तोकिएको सडकबाहिर नजान ठाउँठाउँमा सूचना बोर्ड राखिएको छ । त्यस्ता सूचना बेवास्ता गर्दा ती युवा अनकन्टार जंगलमा हराएका थिए। खतराको संकेत लेखिएको बोर्ड र प्रहरीको निर्देशन वेबस्ता गर्दै जंगलमा फसेका उनीहरुलाई  महानगरीय प्रहरी परिसरले ललितपुरले उद्धार गरेको हो । उनीहरू हराएको सूचना आएपछि परिसरबाट सातवटा उद्धार टोली परिचालन भएको थियो । परिसरका एसपी शेखर खनालको कमान्डमा खटिएको टोलीले सबैलाई फूलचोकी जंगलको खोचबाट उद्धार गरेको हो ।

एसपी खनालका अनुसार शनिबार घुम्न गएका उनीहरूले ५ बजेर ४० मिनेटमा आफूहरू हराएको भन्दै कन्ट्रोल नम्बर १०० मा फोन गरेका थिए । उनीहरूलाई उद्धार गरी अभिभावकको जिम्मा लगाइएको छ  ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।