बुधबार, पुस ९, २०८२

पाथीभरा केबलकारको काम अगाडि नबढाउन सर्वोच्च अदालतको आदेश

 |  आइतबार, चैत १७, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, चैत १७, २०८१

काठमाडौं- ताप्लेजुङको पाथीभरा क्षेत्रमा भइरहेको केबलकार निर्माण कार्यलाई यथास्थितिमा राख्न सर्वोच्च अदालतले आदेश दिएको छ।

National life

यामबहादुर लिम्बूसमेत निवेदक रहेको रिटमा न्यायाधीश शारंगा सुवेदीको एकल इजलासले चैत १३ गते हालसम्म भए गरेका कामहरु यथास्थितिमा राख्न भनेको हो।

बेवलकार निर्माण कार्य रोक्नका लागि अन्तरिम आदेशको समेत माग गरिएको हुनाले विषयवस्तुको प्रकृति र गम्भीरतालाई हेरी हालसम्म भए गरेका कारवाहीहरु यथास्थितिमा राख्न  भनिएको छ।

साथै अन्तरिम आदेश जारी गर्ने वा नगर्ने सन्दर्भमा छलफल गर्न सर्वोच्च अदालतले चैत २६ गते दुबै पक्षलाई झिकाउने भएको छ।

पाथीभरामा उद्योगी चन्द्र ढकालको कम्पनीले केबलकार निर्माण गरिरहेको छ। स्थानीयवासीले भने सांस्कृतिक अतिक्रमण भएको भन्दै केबलकारविरुद्ध आन्दोलन गर्दै आएका छन् ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 30, 2025| 11:40 आइतबार, चैत १७, २०८१
प्रतिक्रिया दिनुहोस्