बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सिटिटेकको ‘गेटपे’ प्लेटफर्ममा माछापुच्छ्रे बैंक र एनसीएचएलको सहकार्य

सिटिटेकको ‘गेटपे’ प्लेटफर्ममा माछापुच्छ्रे बैंक र एनसीएचएलको सहकार्य

 |  आइतबार, चैत १७, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, चैत १७, २०८१

काठमाडौं- सिटिटेक ग्रुपले एकीकृत भुक्तानी संयोजन प्रणाली तथा व्यवसायी व्यवस्थापन सफ्टवेयर “गेटपे” लाई नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)सँगको सहकार्यमा माछापुच्छ्रे बैंकमा सफलतापूर्वक कार्यान्वयन गरेको छ।

National life

सिटिटेकले यसअघि फिन–प्रो  र फिन–पस  जस्ता नवप्रवर्तनात्मक सफ्टवेयरमार्फत नेपाली फिनटेक बजारमा उल्लेखनीय उपस्थिति जनाइसकेको थियो। गेटपे प्लेटफर्म बैंक तथा वित्तीय संस्थाहरूलाई फरक भुक्तानी माध्यमहरूलाई एउटै प्रणालीमा समेट्न, व्यवस्थापन गर्न र सरल बनाउन डिजाइन गरिएको अत्याधुनिक डिजिटल प्रणाली हो।

माछापुच्छ्रे बैंकले गेटपे प्रणालीलाई आफ्नो दैनिक भुक्तानी कार्यप्रणालीमा सफलतापूर्वक समावेश गरिसकेको छ। बैंकका अनुसार गेटपेको समावेशले ग्राहक सेवा अझ प्रभावकारी, पारदर्शी र समयमै सम्पन्न गर्न सहज बनाएको छ।

नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रतिनिधिले गेटपेले नेपालमा बलियो डिजिटल भुक्तानी पूर्वाधार निर्माण गर्न सहयोग गर्ने विश्वास व्यक्त गरे। सिटिटेकका प्रमुख कार्यकारी अधिकृत साजन शर्माले यो प्रविधि नेपाली बैंकिङ क्षेत्रमा आधुनिकीकरणको नयाँ युगको संकेत भएको बताए।

 

Shivam cement

प्रकाशित: Mar 30, 2025| 11:29 आइतबार, चैत १७, २०८१
प्रतिक्रिया दिनुहोस्