मंगलबार, साउन १९, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • निर्मल निवासले बुझेन महानगरको जरिवाना पत्र, अब हुलाकबाट पठाइने

निर्मल निवासले बुझेन महानगरको जरिवाना पत्र, अब हुलाकबाट पठाइने

 |  आइतबार, चैत १७, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, चैत १७, २०८१

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले पूर्व राजा ज्ञानेन्द्र शाहलाई पठाएको पत्र निर्मल निवासले नबुझी फिर्ता पठाइदिएको छ।

शुक्रबार राजावादी समूहले महानगरपालिकाको सडकमा फोहोर र आगजानी गरेको भन्दै महानगरले ७ लाख ९३ हजार रुपैयाँको जरिवानाको पत्र काटेको थियो।

त्यही पत्र लिएर आइतबार महानगर प्रहरी र राजस्व विभागको टोली निर्मल निवास पुगेको थियो। तर, टोलीलाई निर्मल निवासको गेटबाट फर्काइएको छ।

जरिवाना शुल्कको पत्र असम्बन्धित भएकाले स्वीकार नहुने भन्दै फर्काएइको थियो। महानगरले आजै हुलाकमार्फत उक्त पत्र निर्मल निवासको नाममा पठाउने छ।

यस्तो छ जरिवाना पत्र

 

प्रकाशित: Mar 30, 2025| 11:25 आइतबार, चैत १७, २०८१
प्रतिक्रिया दिनुहोस्